अफगानिस्तानमा बाढीमा परी सात जनाको मृत्यु, १० बेपत्ता



मध्य अफगानिस्तानमा बाढीमा परी ७ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।

अफगानिस्तानको बामियान प्रान्तमा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु हुनुका साथै अन्य १० जना बेपत्ता भएको प्रान्तीय सरकारका प्रवक्ता अब्दुल सबौर सिघानीले बताए ।

अधिकारीका अनुसार प्राकृतिक प्रकोपले याकावलाङ जिल्लाको केही भाग प्रभावित बनेको छ । बाढीका कारण ज्यान गुमाएकाहरूको खोजी भइरहेको छ ।

मृतक वा बाँचेकाहरूको शव निकाल्ने प्रयास भइरहेको छ । बाढीले दर्जनौं घर र खेतीयोग्य जमिन समेत बगाएको अधिकारीहरुले बताएका छन् ।

त्यस्तै उत्तरी बदख्शान प्रान्तको यामगान जिल्लामा मङ्गलबार आएको बाढीले ४० घर र ३०० एकडभन्दा बढी खेतीयोग्य जमिन नष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा जिएसटीद्वारा दैनिक उपभोग्य वस्तुको मूल्यमा कमी 

कपालमा लगाउने तेल, टूथपेस्ट, साबुन, डिटर्जेन्ट र लुगा धुने पाउडर, गहुँ, चामल, दही,

दक्षिण कोरियामा सामसुङका कामदारहरूद्वारा हड्ताल घोषणा

तलब र लाभांशमा विवाद भएपछि सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरू तत्काल हडतालमा जाने एक युनियन

चीनद्वारा डिजिटलाइज्ड सवारी दर्ता लाइसेन्स जारी

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार ६० सहरमा सवारी साधन दर्ता लाइसेन्स नीतिलाई ट्राफिक

इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा

इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालको प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ