इटालीको क्याप्रीमा पानीको अभाव भएपछि पर्यटक आगमनमा रोक



मुख्य भूमिबाट पानी आपूर्तिमा समस्या आएपछि इटालियन टापु क्याप्रीले पर्यटकलाई आगमनमा रोक लगाएको छ ।

क्याप्रीका मेयर पाओलो फाल्कोले लगाएको प्रतिबन्धले दक्षिणी इटालीको नेपल्स र सोरेन्टोबाट टापुमा जाने धेरै डुङ्गा फर्किन बाध्य पारेको छ ।

टापुमा पानी आपूर्तिको अभाव हुनुमा आपूर्ति कम्पनीले मुख्य भूमिमा प्राविधिक समस्या आएको र त्यसपछि क्याप्रीमा आपूर्तिमा समस्या रहेको बताए ।

“क्याप्रीमा दैनिक आउने हजारौं पर्यटकको आगमनले आपतकालिन अवस्था बिग्रने र स्थानीयको लागि खानेपानी आपूर्ति ट्याङ्करबाट प्रति घर २५ लिटरसम्म गर्न सक्ने व्यवस्था गरिएको छ,” उनले भने ।

नेपल्समा रहेको क्याप्री, सेतो भिला, पर्यटकीय गन्तव्य र ठूला होटेलको लागि प्रसिद्ध रहेको छ । यहाँ लगभग १३ हजार स्थायी बासिन्दा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परिवर्तनको आह्वानका बीच इरानको निर्वाचनमा मतदाताहरूको समर्थनमा गिरावट

  इरानको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा सुधारवादी र रूढिवादीहरू दुवैका लागि समर्थन घट्दै

थप दुई पूर्वी युक्रेनी गाउँमाथि कब्जा गरेको रुसको दाबी

महिनौँदेखि युद्धको मैदानमा किएभमाथि हावी हुँदै गर्दा रुसले थप दुई पूर्वी युक्रेनी गाउँमाथि

टर्कीको इज्मिरमा प्राकृतिक ग्यास विस्फोटमा चारजनाको मृत्यु, २० घाइते

टर्कीको पश्चिमी प्रान्त इज्मिरमा आइतबार भएको प्राकृतिक ग्यास विस्फोटमा चार जनाको मृत्यु हुनुका

आम निर्वाचनमा बेलायती सरकारद्वारा रुसी हस्तक्षेपको चेतावनी

बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेनले आगामी आम निर्वाचनमा मुलुकको लोकतान्त्रिक प्रक्रियालाई प्रभावित पार्न प्रयास