दक्षिणी चीनमा प्राचीन दुई जहाजको भग्नावशेषबाट नौ सय टुक्रा सांस्कृतिक अवशेष फेला



 

चीनको राष्ट्रिय सम्पदा प्राधिकरणले दक्षिण चीन सागरको उत्तरपश्चिममा महाद्वीपीय ढलान नजिकै मिङ राजवंश (सन् १३६८ देखि सन् १६४४) को समयका दुई प्राचीन जहाजको भग्नावशेषबाट एक हजार पाँच सय मिटर गहिराइमा नौ सयभन्दा धेरै प्राचीन वस्तु फेला पारेको छ ।

अनुसन्धान संस्थान र स्थानीय सङ्ग्रहालयको संयुक्त प्रयासमा सन् २०२३ देखि सन् २०२४ को अवधिमा उत्खनन कार्य गरिएको थियो । त्यहाँ पहिलो जहाजको भग्नावशेषबाट तामाका सिक्का साथै सेरामिक र माटोका भाँडाका टुक्रासहित कूल आठ सय ९० प्राचीन वस्तु निकालिएको थियो ।

दोस्रो जहाजको भग्नावशेषबाट काठ, सेरामिक र माटोका सामान, हरिणको सिङ र अन्यसहित ३८ प्राचीन वस्तु फेला परेको थियो ।

‘यो खोजले चिनियाँ पुर्खाहरूले दक्षिणी चीन सागरको विकास, प्रयोग र यात्रा गरेको प्रमाण दिन्छ’, चिनियाँ राष्ट्रिय सम्पदा प्राधिकरणका उपाध्यक्ष गुआन कियाङले भने, ‘दुवै भग्नावशेष प्राचीन सामुद्रिक रेशम मार्गका साथ व्यापार र सांस्कृतिक आदानप्रदानका महत्त्वपूर्ण साक्षी हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे