उत्तराखण्डको रुद्रप्रयागमा टेम्पो दुर्घटना हुँदा १० जनाको मृत्यु



 

उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको बद्रीनाथ राजमार्गमा शनिबार टेम्पो ट्र्याभलर गहिरो खाडलमा खस्दा १० जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

राज्य विपद् प्रतिक्रिया बल (एसडिआरएफ) र प्रहरी अधिकारीहरू तुरुन्तै उद्धार कार्यका लागि घटनास्थलमा पुगेका थिए । घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उपचार भइरहेको अधिकारीहरुले बताएका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै गम्भीर घाइते यात्रुहरूलाई एम्स ऋषिकेशमा हेलिकोप्टरमार्फत लगिएको र राम्रो उपचारका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको बताए ।

नोएडाबाट रुद्रप्रयाग जाँदै गरेको बस एक सय ५० मिटर गहिरो खाडलमा खसेको थियो । घटनाको छानबिनका लागि मजिस्ट्रेटलाई आदेश दिइएको छ ।

गढवाल आइजी केएस नागन्यालले एएनआईलाई भन्नुभयो, “स्थानीय प्रशासन, बासिन्दा र एसडिआरएफ उद्धार र राहत कार्यमा संलग्न छन् । यात्रा गर्ने पर्यटकको सङ्ख्या अझै स्पष्ट भइसकेको छैन । हामीले आठ जनाको शव निकालेका छौँ र नौ जनालाई अस्पताल लगिएको छ । चालकलाई गहिरो चोट पनि लागेको छ ।”

उद्धार कार्य पूरा भएपछि मात्र यात्रुको पूर्ण विवरण आउन सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको

पुटिन थप शक्तिशाली कि कमजोर ?

रूसी अर्धसैनिक बलका प्रमुख येभगेनी प्रिगोजिनले गत वर्ष आफ्ना वाग्नर भाडाका सैनिकलाई मस्कोतर्फ

चीनमा भारी वर्षाका कारण आएको बाढीमा परी ११ जनाको मृत्यु

चीनमा मुसलधारे वर्षाका कारण कम्तिमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

अमेरिका भारत र पाकिस्तानबीच प्रत्यक्ष वार्ताको पक्षमा

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले अमेरिकाले भारत र पाकिस्तानशबच प्रत्यक्ष छलफललाई समर्थन