अमेरिका भारत र पाकिस्तानबीच प्रत्यक्ष वार्ताको पक्षमा



अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले अमेरिकाले भारत र पाकिस्तानशबच प्रत्यक्ष छलफललाई समर्थन गर्ने बताएका छन् ।

उनले छलफलको गति, दायरा र चरित्र पनि दुई देशको आपसी समझदारीमा निर्धारण गर्नुपर्ने बताए ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएको र दुबै प्रधानमन्त्रीमा शान्ति प्रक्रिया सुरु गर्ने क्षमता रहेको विश्वास गर्ने अमेरिकी विशेषज्ञको प्रतिक्रियाबारे सोधिएको प्रश्नमा मिलरले भने, “हामी भारत र पाकिस्तान दुबैसँगको सम्बन्धलाई महत्त्व दिन्छौँ र भारत– पाकिस्तानबीचको प्रत्यक्ष छलफललाई समर्थन गर्छाैँ । तर, गति, दायरा र चरित्र ती दुई देशहरूले निर्धारण गर्नुपर्छ, हामीले होइन ।”

जुन १० मा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले प्रधानमन्त्री मोदीलाई भारतको प्रधानमन्त्रीको रूपमा शपथ लिएकोमा बधाई दिएका थिए ।

“तेस्रो पटक पदभार ग्रहण गरेकोमा मोदीजीलाई मेरो हार्दिक बधाई । हामी घृणालाई आशाले प्रतिस्थापन गरौं र दक्षिण एसियाका दुई अर्ब मानिसहरूको भाग्य निर्धारण गर्ने अवसरको उपयोग गरौँ,” पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले सामाजिक सञ्जाल एक्समामार्फत शुभकामना दिएका थिए ।

नवाज सरिफको बधाई सन्देशको जवाफमा प्रधानमन्त्री नरेन्द्र मोदीले उनको सन्देशको प्रशंसा गर्दै भारतका जनता सधैँ शान्ति, सुरक्षा र प्रगतिशील क्षेत्रका लागि उभिएको उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोलिभियामा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु

लापाज । बोलिभियाको एन्डिज क्षेत्रकोे राजमार्गमा शनिबार ट्रक र बसबीच टक्कर हुँदा २२

चीनले रूसलाई समर्थन गर्नु राम्रो होइन : ब्लिन्केन

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले उत्तर कोरिया, इरान र चीनले युक्रेनमा जारी युद्धका बीच

जापानमा गर्मीले कीर्तिमान तोड्दै

जापानमा आइतबार जापानका २०० भन्दा बढी स्थानहरूमा अत्यधिक तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ

दक्षिण सुडानमा पाँच वर्षमा १४ लाख शरणार्थी फर्किएका राष्ट्रसङ्घद्वारा जानकारी

अक्टोबर सन २०१८ र मे ३१, सन् २०२४ मा भएको शान्ति सम्झौतामा हस्ताक्षर