अस्ट्रेलियासँगको मतभेद हटाउन चिनियाँ प्रधानमन्त्री लीको आग्रह



चीनका प्रधानमन्त्री ली छ्याङले शनिबार आर्थिक अवसरहरूको वाचामा केन्द्रित भ्रमणको सुरुआत गर्दै अस्ट्रेलियासँगको ‘मतभेदहरू हटाउन’ आह्वान गरेका छन् ।

चार दिने कूनीतिक भ्रमणका लागि एडिलेडमा अवतरण गरेपछि प्रधानमन्त्री लीले चीनद्वारा प्रमुख अस्ट्रेलियाली निर्यातहरूविरुद्ध दण्डात्मक व्यापार प्रतिबन्ध हटाएसँगै मेलमिलापको प्रस्ताव गरे ।

“पारस्परिक सम्मान र साझा आधार खोज्दै मतभेदहरू मेटाउने चीन–अस्ट्रेलिया सम्बन्धमा पारस्परिकरूपमा लाभदायक सहयोगका रूपमा रहेको बहुमूल्य अनुभवलाई अगाडि बढाउनुपर्छ”, उनले लिखित आगमन वक्तव्यमा भने, “अधिक परिपक्व, स्थिर र फलदायी व्यापक रणनीति साझेदारी दुवै मुलुकका जनताद्वारा साझा गरेको खजाना हुनेछ ।”

राष्ट्रपति सी जिनपिङपछि चीनको दोस्रो सबैभन्दा शक्तिशाली नेता ली संसाधन सम्पन्न महादेश अस्ट्रेलियामा आफ्नो कूटनीतिक मिसनको सरुआतमा एडिलेड पुगेका छन् । उनी सन् २०१७ पछि अस्ट्रेलियाको भ्रमण गर्ने उच्च पदस्थ चिनियाँ अधिकारी हुन् ।

चीनले पूर्व कन्जरभेटिभ सरकारसँग कूटनीतिक मतभेदका क्रममा सन् २०२० मा वाइन, काठ, जौ र गाईको मासु निर्यातमा लगाइएको व्यापार प्रतिबन्धलाई क्रमशः हटाएको छ । यी उपायले अस्ट्रेलियाली निर्यातकहरूलाई प्रतिवर्ष २० अर्ब अस्ट्रेलियन डलर (१३ अर्ब अमेरिक डलर) खर्च गर्ने अनुमान गरिएको छ ।

सन् २०२२ मा प्रधानमन्त्री एन्थोनी अल्बानिजको सरकार सत्तामा आएपछि र बेइजिङप्रति नरम कूटनीतिक दृष्टिकोण अपनाएपछि दुवै मुलुकबीच आर्थिक सम्बन्धमा सहजता आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माल्दिभ्सका जलवायुमन्त्री पक्राउ

माल्दिभ्सको राष्ट्पतिलाई ‘कालो जादू’ गरेको आरोपमा राज्यको वातावरणमन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले

उत्तर कोरियाद्वारा धेरै सङ्ख्यामा विष्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण

प्योङयाङबाट फोहर बोकेका दर्जनौँ बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकै

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ६३ पुग्यो

  गत हप्ता दक्षिणी भारतको एउटा सहर स्तब्ध पारेको अवैध मदिराको सेवनका कारण

अफगानिस्तानमा बाढीमा परी सात जनाको मृत्यु, १० बेपत्ता

मध्य अफगानिस्तानमा बाढीमा परी ७ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता