अमेरिका र नाटोद्वारा पुटिनको युक्रेन शान्तिको मागको आलोचना



 

क्रेमलिनको आक्रमण अन्त्य गर्न मस्कोले दावी गरेको क्षेत्रबाट युक्रेन फिर्ता हुनुपर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मागलाई शुक्रबार संयुक्त राज्य अमेरिका र नाटोले अस्वीकार गरेका छन् ।

“पुटिनले सार्वभौम युक्रेनी क्षेत्रलाई अवैधरूपमा कब्जा गर्नुभएको छ, शान्ति स्थापना गर्नका लागि के गर्नुपर्छ भन्नेबारे उहाँ युक्रेनलाई यस्तो निर्देशन गर्ने अवस्थामा हुनुहुन्न”, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले ब्रसेल्समा नाटो बैठकको अन्त्यमा भने, “यदि उहाँले यस्तो गर्न चाहनुहुन्छ भने यसलाई आजै समाप्त गर्न सक्नुहुन्छ र हामी उहाँसँग यस्तो गर्न तथा युक्रेनी सार्वभौम क्षेत्र छाड्न आह्वान गर्दछौँ ।”

किएभले पूर्व र दक्षिणबाट आफ्ना सैनिकलाई फिर्ता गरेर प्रभावकारीरूपमा आत्मसमर्पण गर्छ र नाटो सदस्यताको प्रस्ताव त्याग्छ भने मस्कोले युक्रेनमाथिको आफ्नो आक्रमण रोक्ने पुटिनले शुक्रबार बताएका थिए ।

युक्रेनले सन् २०२२ फेब्रुअरीमा सुरु गरिएको पूर्णस्तरको सैन्य आक्रमण रोक्नका लागि पुटिनको कट्टरपन्थी ‘सर्तहरू’ लाई तत्काल खारेज गरेको छ ।

साथै किएभले यसै साताको अन्त्यमा स्विट्जरल्यान्डमा प्रमुख शान्ति शिखर सम्मेलनमा अन्तर्राष्ट्रिय समर्थन हासिल गर्न प्रयास गरिरहेको छ ।

नाटो प्रमुख जेन्स स्टोलटेनबर्गले पनि युक्रेन शान्ति वार्ता सुरु गर्न पुटिनले निर्धारण गरेको सर्तहरूको आलोचना गरे । “यो राम्रो मनसायले गरिएको प्रस्ताव होइन”, उनले भने ।

“वास्तवमा रुसले आफ्नो युद्धको लक्ष्य हासिल गर्न अहिलेसम्म कब्जा गर्न सकेकोभन्दा धेरै भूभाग युक्रेनीहरूले त्याग्नुपर्छ भन्ने अपेक्षासहित आएको प्रस्ताव हो यो”, उनले भने,“यो थप आक्रामकता, अधिक कब्जाको प्रस्ताव हो र यसले रुसको उद्देश्य युक्रेनलाई नियन्त्रण गर्नुरहेको देखाउँछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशको अदालतद्वारा सन् २०१९ को हत्या मामिलामा २०  जना विद्यार्थीको मृत्युदण्ड सदर

  ढाका । बङ्गलादेशको एक अदालतले आइतबार सन् २०१९ मा सामाजिक सञ्जालमा देशको

उत्तरी म्यासेडोनियाको एक रात्रि क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु

म्यासेडोनिया । उत्तरी म्यासेडोनियाको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा ५१ जनाको

यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, हुथी आक्रमण अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता

साना। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले

स्पेसएक्स यान आईएसएसमा पुग्न सफल

केनेडी स्पेस सेन्ट । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन