मेक्सिकोमा ‘स्टेज’ भत्किँदा नौ जनाको मृत्यु



 

बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण भत्किँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

नुएभो लियोनका गभर्नर स्यामुएल गार्सियाका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये अहिलेसम्म कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य ५० जनाको घाइते अवस्थामा उपचार भइरहेको छ ।

स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक ‘भिडियो फुटेज’ मा दुर्घटनाको दर्दनाक दृश्यलाई देखिन्छ ।
गभर्नर गार्सियाले सामाजिक सञ्जाल एक्समा सान पेड्रो गार्जा गार्सिया सहरमा भएको उक्त घटनालाई एउटा त्रासदीको रूपमा  वर्णन गरे ।

पीडितका आफन्तहरुले हावाको तीव्र बेगकाका कारण स्टेज खसेको बताएका छन् । भिडियो सामाग्रीमा सैनिकहरू जमिनमा छरिएका भग्नावशेष र अभियान पोस्टरहरूले भरिएको मैदानमा मेडिकल टोलीहरूले शवहरू भ्यानमा सार्दै गरेको देखिएको थियो ।

कार्यक्रम सान पेड्रो गार्जा गार्सियाका मेयरका लागि सिटिजन्स मुभमेन्ट उम्मेद्वार लोरेनिया क्यानावतीका लागि चुनावी र्याली र अभियान समापनपछि सम्बोधनका लागि तयार पारिएको थियो । कार्यक्रममा पार्टीका सिनेटर र सांसदहरूका उम्मेद्वारहरूले पनि भाग लिएका थिए ।

मेक्सिकोको मौसम विज्ञान शाखाले घटनाअघि नै ७० किलोमिटर प्रति घण्टाको हावाले नुएभो लियोन र अन्य उत्तरी राज्यहरूमा सम्भावित आँधीबेहरी आउने चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोलियो उन्मूलन प्रयासलाई तीव्र बनाउने पाकिस्तानी प्रधानमन्त्रीको सङ्कल्प

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले देशबाट पोलियो भाइरस उन्मूलन गर्ने सङ्कल्प व्यक्त गरेको प्रधानमन्त्रीको

भारतीय प्रधानमन्त्री मोदी रुस भ्रमणमा जाने

  निकट भविष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणको ‘तयारी’ भइरहेको क्रेमलिनले बताएको

माटो र पत्थरका नमुना लिएर चन्द्रमाबाट फर्कियो चिनियाँ अन्तरिक्षयान

बीबीसी । चन्द्रमामा पहिला अन्वेषण नगरिएको पृष्ठभागबाट माटो र पत्थरका दुर्लभ नमुनाहरू सङ्कलन

राष्ट्रसङ्घद्वारा विकिलिक्सका संस्थापक असान्ज नजरबन्द मुक्तिको स्वागत

संयुक्त राष्ट्र संघले विकिलिक्सका संस्थापक जुलियन असान्जको बेलायतमा नजरबन्दबाट रिहाइलाई “यस मुद्दालाई निश्चित