फिलिपिन्समा दैनिक ५५ नयाँ एचआईभी संक्रमित फेला



 

फिलिपिन्समा दैनिक कम्तीमा ५५ नयाँ ह्युमन इम्युनोडेफिशियन्सी भाइरस (एचआईभी) पोजिटिभ केसहरू फेला परेका छन् । यो विश्वमा सबैभन्दा उच्च भएको फिलिपिन्सका स्वास्थ्य सचिव टियोडोरो हर्बोसाले बताए ।

हर्बोसाले किशोरकिशोरीहरूमा केसहरू बढी रहेको उल्लेख गर्दै सबैभन्दा कान्छो सङ्क्रमित १५ वर्षका रहेको जानकारी दिए ।

“हामीसँग लगभग ५९ हजार मानिस एचआईभीसँग बाँचिरहेका छन् । करिब एक लाख ३० हजार अवस्थित केसहरू अनुमान गरिएको छ । यो अझै पनि एक करोड १० लाख जनसङ्ख्या भएको यो मुलुकका लागि लागि कम हो तर नयाँ मामिलामा योभन्दा धेरै छ, एक दिनमा ५५ नयाँ मामिला, हामी विश्वमा सबैभन्दा माथि छौँ”, उनले भने ।

उनले सक्रिय युवालाई सङ्क्रमण पत्ता लगाउन परीक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिए । विशेषगरी प्रयोगशील र जिज्ञासु किशोरकिशोरीहरू बीच अझ राम्रो र प्रभावकारी सूचना अभियानका लागि स्वास्थ्य विभाग (डिओएच) सँग समन्वय गरिरहेको उनले जानकारी दिए ।

डिओएचको तथ्याङ्कअनुसार सन् २०२१ देखि मासिकरूपमा रिपोर्ट गरिएका नयाँ एचआईभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । सन् २०२१ मा रिपोर्ट गरिएको औसत एक हजार २७ मासिक केसबाट बढेर सन् २०२२ मा एक हजार दुई सय ४५ मासिक केसहरूमा पुगेको छ । सन् २०२३ को चौथो त्रैमासिकसम्म प्रतिमहिना नयाँ रिपोर्ट गरिएका केसहरूको औसत सङ्ख्या थप बढेर एक हजार चार सय ३८ पुगेको छ ।

फिलिपिन्सले सन् १९८४ जनवरीदेखि सन् २०२३ डिसेम्बरसम्म आफ्नो पहिलो केस पत्ता लगाएदेखि डिओएचले एक लाख २६ हजार तीन सय ७८ मामिला र सात हजार दुई सय ३३ जनाको एचआईभीबाट मृत्यु भएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २० जनाको मृत्यु

दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको र घटनास्थलबाट कम्तीमा २० जनाको शव

रूसमा आतङ्कवादी आक्रमणमा १५ प्रहरी अधिकृतको मृत्यु

दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको

कतारद्वारा स्मार्ट सिटी समाधान परियोजना सुरू

कतारमा स्मार्ट सिटी समाधान परियोजनाको पहिलो चरणको काम सुरू गरिएको छ । नगरपालिका मन्त्री

सिबिआईद्वारा निट युजी परीक्षामा भएको अनियमितताको छानबिन गर्न विशेष टोली गठन

  राष्ट्रिय योग्यता–सह–प्रवेश परीक्षा (निट–युजी) परीक्षा सन् २०२४ मा कथित अनियमितताहरूको अनुसन्धान आफ्नो