विद्यमान चुनौतीहरू पार गर्न पाकिस्तानले आर्थिक सुधार गर्ने प्रधानमन्त्री सरिफको भनाई



 

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी चुनौतीलाई सम्बोधन गर्न लगनशील भई आर्थिक सुधारका मार्गहरू पछ्याउँदै गएको बताएका छन् ।

सङ्घीय मन्त्रिपरिषद्को बैठकमा उनले सबै सरकारी विभागको सामूहिक प्रयासबाट देशको अर्थतन्त्र सुधारको बाटोमा रहेको बताए । आर्थिक सूचक र तथ्याङ्कमा देखिएको सुधारलाई अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले पनि हेरेको र स्वीकार गरेको उनको भनाइ थियो ।

उनले कीर्तिमानी प्रविधि निर्यात, विदेशी विप्रेषणमा वृद्धि र मुलुकको समर्ग निर्यातले सकारात्मक आर्थिक मार्गप्रशस्त गरेको बताए । देशमा बिजुलीको बढ्दो मूल्यका बारेमा कुरा गर्दै सरिफले सरकारले व्यापक नीति लागु गरिरहेको र बिजुली चोरी कम गर्न तथा मूल्य घटाउन कदम चालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।

इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टरको भग्नावशेष फेला

बीबीसी । इरानी सरकारी टेलिभिजनले राष्ट्रपति इब्राहिम रइसी सवार रहेका हेलिकोप्टर दुर्घटना भएको

किर्गिजस्तानको राजधानीबाट सयौँ पाकिस्तानी विद्यार्थी स्वदेश फिर्ता

  किर्गिजस्तानको राजधानी विश्केकमा विद्यार्थी आवास नजिक स्थानीयवासी र विदेशीहरूबीच झडप भएपछि ६

चीनमा पर्यटन प्रवद्र्धनका लागि ६३ सय प्राथमिकताका उपाय लागु

  यस वर्ष चीनले पर्यटन दिवस मनाउनका लागि एक महिना लामो अभियानमा पर्यटन