मालीमा इस्लामिक ‘जिहादी’ समूहद्वारा ११० भन्दा बढी सर्वसाधारणको अपहरण



मालीको मध्य भागमा सन्दिग्ध जिहादीहरूले ६ दिनअघि अपहरण गरेका ११० जनाभन्दा बढी सर्वसाधारण अझै उनीहरूको नियन्त्रणमा रहेका छन् ।

गत अप्रिल १६ मा ‘जिहादी’हरूले नागरिक बोकेका तीनवटा बसलाई रोकी ती सवारी साधन र यात्रुहरूलाई बन्दिगारा र बनकासको बीचमा रहेको जङ्गलतर्फ जान बाध्य पारेका स्थानीय प्रशासनले जनाएको छ ।

निर्वाचित स्थानीय जनप्रतिनिधि उमर ओन्गोइबाले भने,“हामी जिहादीहरूले मङ्गलबार अपहरण गरेका तीन बसका ११० भन्दा बढी यात्रुहरूको रिहाइको माग गर्दछौं ।”

सुरक्षाको कारण देखाउँदै नाम नबताउने शर्तमा बन्दिगराका एक निर्वाचित अधिकारीले भने, “जिहादी समूहका लडाकूले कब्जामा लिएका १२० भन्दा बढी यात्रु र तीनवटा बस अझै पनि उनीहरूको कब्जामा छन् ।”

मालीमा सन् २०१२ देखि अलकायदा र इस्लामिक स्टेट समूहसँग सम्बन्धित विभिन्न समूहका साथै स्वघोषित, आत्मरक्षा बल र डाकुहरूले आक्रमण गर्दै आएका छन् ।

मानवीय र राजनीतिक सङ्कटका कारण बिग्रँदो सुरक्षा अवस्था जटिल बनेको छ ।

सत्ता कब्जा गरी सैन्य शासन लागु गरिएका माली, छिमेकी मुलुक बुर्किना फासो र नाइजरमा स्वघोषित, आत्मरक्षा बल र डाकुहरूले आक्रमण गर्ने गरेका र सर्वसाधारणले हिंसात्मक गतिविधिको सामना गर्नुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार