सिङ्गापुर शिखर सम्मेलनमा शिक्षण सुधारका लागि छलफल



 

वरिष्ठ शिक्षा अधिकारीहरू र शिक्षक प्रतिनिधिहरूले सोमबारदेखि बुधबारसम्म सिङ्गापुरमा हुने विश्वव्यापी शिखर सम्मेलनमा शिक्षण पेशालाई सुदृढ पार्ने र विद्यार्थीहरूको उपलब्धि बढाउने उपायहरूबारे व्याख्या गर्नेछन् ।

सिंगापुरका शिक्षामन्त्री चान चुन सिङले शिक्षण पेशासम्बन्धी १४औँ अन्तर्राष्ट्रिय शिखर सम्मेलनको उद्घाटन समारोहमा भने, “प्राविधिक आविष्कार र जीवनभर सिकाइको आवश्यकता लगायतका आधारभूत परिवर्तनहरूले आगामी वर्षहरूमा शिक्षालाई आकार दिनेछ ।”

उनले शिक्षा क्षेत्रलाई सिकाइको विज्ञानलाई अँगाल्न, सिकाइका लागि बलियो सामाजिक र पारिवारिक वातावरण निर्माण गर्न मागसँग मेल खाने भविष्यका सीपहरू पहिचान गर्न आह्वान गरे ।

‘पुनःपरिकल्पना गर्ने शिक्षा, सम्भाव्यताको अनुभूति’ भन्ने विषयवस्तुमा रहेको कार्यक्रममा सिकाइको भविष्य, शिक्षा र व्यावसायिक तालिमलाई रूपान्तरण गर्न प्रविधिको भूमिका र जीवनका लागि सिकाइलाई सहयोग गर्न साझेदारीको महत्त्वलगायतका विषयमा छलफल भएका छन् ।

शिखर सम्मेलनमा एसिया, युरोप, उत्तर अमेरिका र ओशिनियाका १८ वटा प्रतिनिधिमण्डलका शिक्षा अधिकारी, शिक्षक सङ्घका प्रमुख र शिक्षक नेताहरू सहभागी छन् । कार्यक्रममा प्रतिनिधिहरूले सिङ्गापुरका प्राथमिक र माध्यमिक विद्यालयहरू, उच्च शिक्षा संस्थानहरू र अन्य प्रशिक्षण संस्थाहरूको भ्रमण गर्नेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार