ब्राजिलमा डेङ्गुका कारण एक हजार ६ सय भन्दाबढीको मृत्यु



ब्राजिलमा यस वर्ष हालसम्म डेङ्गुका कारण एक हजार ६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ र थप दुई हजार ६१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दक्षिण अमेरिकी देश ब्राजिलमा डेङ्गुको कुल ३५ लाख ३० हजार शङ्कास्पद घटनाहरू राष्ट्रव्यापी रूपमा रिपोर्ट गरिएको छ ।

डेङ्गु ज्वरोको घटना दर हाल ब्राजिलियाली बासिन्दाहरूमा प्रति लाख एक हजार ७४१ शङ्कास्पद सङ्क्रमित भेटिएका छन् ।

सन् २०२३ मा डेङ्गुका कारण एक हजार १७९ जनाको मृत्यु भएका थिए । सन् २०२४ को यो अवधिसम्म सङ्क्रमितको सङ्ख्या हेर्दा यो सरदर ३५ प्रतिशतले बढी हो ।

शुक्रबारसम्म अद्यावधिक गरिएको तथ्याङ्कअनुसार पुष्टि भएका सङ्क्रमितमध्ये ५५.२ प्रतिशत महिला यसबाट सङ्क्रमित भएका छन् । जनसाङ्ख्यिकीय समूहमा डेङ्गुको सबैभन्दा बढी असर २० देखि २९ वर्ष उमेर समूहभित्र परेको देखिन्छ ।

सरकारले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई पालना गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । डेङ्गु एडिस एजिप्टी लामखुट्टेको टोकाइबाट सर्छ र यो मानव स्वास्थ्यका लागि घातक जोखिम हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार