विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह



 

 

विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री करमा विद्यमान छुट हटाउन आग्रह गरेको छ ।
पाकिस्तानबारे जारी गरेको रिपोर्टमा बैंकले पाकिस्तानी सरकारलाई आर्थिक र सामाजिक सुधारका लागि तत्काल कर प्रणाली सुधार तथा बिक्री कर छुट हटाउन आवश्यक सल्लाह दिएको एआरवाई न्यूजको रिपोर्टले जनाएको छ ।

प्रतिवेदन अनुसार बैंकले सरकारलाई बाल विकासका लागि राष्ट्रिय नीति बनाउन आग्रह गर्दै ऊर्जा र अन्य वस्तुमा अनुदान घटाउन आह्वान गरेको छ । साथै बैंकले सरकारलाई यी कोषहरू जनकल्याणका पहलहरूमा पुनः बाँडफाँट गर्नसमेत सुझाव दिएको छ ।

बैंकले सरकारलाई मितव्ययिताका उपायहरू अवलम्बन गरी सरकारी स्वामित्वका कम्पनीहरूमा सार्वजनिक–निजी साझेदारीलाई बढावा दिनुपर्ने आग्रह गरेको एआरवाई न्यूजको रिपोर्ट जनाएको छ ।

प्रतिवेदनमा बैंकले पाकिस्तालाई कर प्रणालीको पुनर्गठन, शुल्क र बिक्री करको छुट नियन्त्रण र अचल सम्पत्ति तथा कृषि उद्योगमा नयाँ कर लगाउन आग्रह गरेको छ । यसैगरी दीर्घकालीन व्यावसायिक योजना सिर्जना गरी उपभोक्ताहरूका लागि ग्यास आपूर्ति लागतसँग समायोजन गर्न पनि बैंकले आह्वान गरेको छ ।

सन् २०२३ मा विश्व बैंकले पाकिस्तानले आफ्नो वास्तविक क्षमताभन्दा कम कर सङ्कलन गरिरहेको बताएको थियो । बैंकको प्रतिवेदनमा पाकिस्तानमा कर सङ्कलनमा सात खर्ब ३७ अर्ब रुपैयाँ (पाकिस्तानी रुपैयाँ) ले कम भएको उल्लेख गर्दै ऋणको बोझ मुक्त गर्न सबै कर छुट समाप्त गर्न इस्लामाबादलाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तरी गाजामा पाँच इजरायली सैनिकको मृत्यु

  इजराइली सेनाले  उत्तरी गाजा पट्टीमा पाँच जना सैनिक मारिएका बताएको छ ।

गोली प्रहारबाट घाइते स्लोभाकका प्रधानमन्त्रीको अवस्था ‘चिन्ताजनक’

  स्लोभाक प्रधानमन्त्री रोबर्ट फिकोको अवस्था स्थिर तर अहिले पनि ‘अत्यन्त चिन्ताजनक’ रहेको

तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

  समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको हिस्साका रूपमा आन्तरिकरूपमा चार

सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

  नेताहरू सी जिनपिङ र भ्लादिमिर पुटिनले बिहीबार बेइजिङमा भएको भेटमा अराजक संसारमा