चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना



श्रीलङ्काली सरकारले सन् २०२४ मा चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी लगानी आकर्षित गर्ने अपेक्षा गरेको छ । त्यहाँका लगानी प्रवर्द्धन राज्यमन्त्री दिलुम अमुनुगामाले सन् २०२३ मा श्रीलङ्काले १.५अर्ब डलरको लक्ष्य राखेकोमा १.८अर्ब डलरको विदेशी लगानी आकर्षित भएको बताए ।

उनले देशले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्झौता गरेपछि विदेशी लगानी उल्लेखनीय रूपमा बढेको बताए । श्रीलङ्कामा राजनीतिक र आर्थिक अस्थिरताका कारण सन् २०२२ र २०२३ को पहिलो अर्धवार्षिकमा विदेशी लगानी घटेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको कोइला खानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु

  उत्तरपूर्वी चिनको हेइलोङजियाङ प्रान्तस्थित कोइलामा खानी दुर्घटना हँुदा पाँच जनाको मृत्यु भएको

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

  चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

हामी कसैलाई पनि भारतको सुरक्षामा हानी गर्न दिनेछैनौँः विदेशमन्त्री साब्री

  श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले  भारतको राष्ट्रिय सुरक्षाको रक्षा गर्ने आफ्नो देशको प्रतिबद्धतालाई

धुमपानले लाओसमा वार्षिक ६ हजार ७ सयको ज्यान जोखिममा

धुमपानसम्बन्धी रोगले लाओसमा वार्षिक ६ हजार सात सय मानिसको मृत्यु हुने गरेको लाओसको