मङ्गल ग्रहबाट नासाले पत्थरका नमूना सन् २०४० अघि ल्याउन नसक्ने



बीबीसी । मङ्गल ग्रहमा पहिला कुनै बेला जीवको अस्तित्व थियो कि भनेर हेर्न त्यहाँ सङ्कलित पत्थरका नमुनाहरू पृथ्वीमा ल्याउने प्रयासमा ठूलो परिमार्जन गर्नुपर्ने देखिएको छ ।

अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार अहिले जारी अभियानले आफूसँग भएको आर्थिक स्रोतको भरमा सन् २०४० अघि ती नमुनाहरू ल्याउन नसक्ने जनाएको छ। अनि चाँडै ल्याउन आवश्यक ११ अर्ब अमेरिकी डलर उपलब्ध गराउनु व्यावहारिक नहुने उसको भनाइ छ ।

नासाले अझ सस्तो र चाँडो हुने विकल्पबारे सोचिरहेको छ । उसले नयाँ उपायको खाका यो वर्षभित्रै बनिसक्ने अपेक्षा राखेको छ । ग्रह अन्वेषणको काममा मङ्गल ग्रहबाट नमुना ल्याउनु दशकौँदेखि एकमात्र र सर्वाधिक महत्त्वको प्राथमिकता रहँदै आएको छ ।

अपोलो अभियानका अन्तरिक्षयात्रीले चन्द्रमाबाट पत्थरहरू ल्याएपछि प्रारम्भिक सौर्यमण्डलको इतिहासबारे हाम्रो ज्ञानमा क्रान्ति आएको थियो। मङ्गल ग्रहबाट ल्याइने नमुनाले पृथ्वीबाहिर जीवहरू अस्तित्वमा भएको सम्भावनाबारे हाम्रो धारणामा पुनर्विचार गर्न सघाउने ठानिएको छ ।

तर विद्यमान आर्थिक स्थितिमा मङ्गल ग्रहबाट नमुना ल्याउने योजना अव्यावहारिक हुने नासाले स्वीकार गरेको छ । उनी अन्य निकायले नासाको मङ्गल परियोजना छायामा पार्न सक्ने सम्भावनाप्रति सजग देखिन्छन् र त्यसो हुन नदिने पक्षमा छन् । तसर्थ उनी नासाभित्रैबाट र अन्तरिक्ष अन्वेषणकर्ताहरूबाट नयाँ धारणाको खोजीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धुमपानले लाओसमा वार्षिक ६ हजार ७ सयको ज्यान जोखिममा

धुमपानसम्बन्धी रोगले लाओसमा वार्षिक ६ हजार सात सय मानिसको मृत्यु हुने गरेको लाओसको

रायसीको निधनले इरानको विदेश नीति परिवर्तन नहुने

  हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसीको निधनले राजनीतिक अस्थिरता आउन सक्ने भए

आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक