यथोचित समयमा इरानसँग बदला लिने इजरायलको चेतावनी



बीबीसी । इरानले आफ्नो भूमिबाट इजरायलमाथि पहिलो पटक सोझै आक्रमण गरेपछि इजरायलले त्यसको जवाफ दिन सक्ने र लडाइँ चर्किन सक्ने अनुमान गरिएको छ । एक इजरायली मन्त्रीले यथोचित समयमा इरानसँग यो आक्रमणको मूल्य चुक्ता गराउने बताएका छन्।

इरानले इजरायलबाट प्रत्याक्रमण भए आफूले अझ ठूलो कदम चाल्ने चेतावनी दिएको छ । इरानी सेनाका प्रमुख मेजर जेनरल मोहम्मद बघेरीले इरानको सरकारी टेलिभिजनमा बोल्दै इरानले प्रतिक्रिया जनाएको खण्डमा शनिबार रातिको भन्दा ठूलो कारबाही गर्ने चेतावनी दिएको समाचारसंस्था रोयटर्सले जनाएको छ ।

इरानले वाशिङ्टनलाई पनि चेतावनी दिँदै इजरायली प्रतिक्रियामा साथ दिएमा अमेरिकी सैन्य आधारहरूलाई निसाना बनाउने बताएको छ । इरानी आक्रमणपछि संयुक्त राज्य अमेरिकाले इजरायललाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यद्यपि यो घटना चर्किएर युद्ध हुनुपर्छ भन्ने पक्षमा राष्ट्रपति जो बाइडन नरहेको अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले बताएका छन् यदि इजरायलले इरानमाथि सैन्य कारबाही गर्यो भने अमेरिका त्यसमा संलग्न नहुने जानकारी बाइडनले इजरायललाई गराइसकेको विवरण सीएनएनले प्रकाशित गरेको छ ।

यसअघि संयुक्त राष्ट्रसङ्घस्थित इरानी प्रतिनिधिमण्डलले राष्ट्रसङ्घीय बडापत्रको आत्मरक्षासम्बन्धी धारा ५१ मा उल्लिखित प्रावधानलाई उदृत इजरायलमा शृङ्खलाबद्ध हमला गरेपछि यो विषय टुङ्गिएको जनाएको थियो ।

अप्रिल १ मा सिरियास्थित एउटा इरानी कूटनीतिक नियोगमा एउटा घातक हवाई आक्रमण भएको थियो । त्यसमा एक सैन्य कमान्डरसहित केही इरानी अधिकारीको मृत्यु भएको थियो । इरानले उक्त आक्रमण इजरायलले गराएको आरोप लगाएको थियो र त्यसको प्रतिशोध लिने उद्घोष गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण

रुसी राष्ट्रपति पुटिन बेइजिङमा

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्ताका लागि

जापान र अमेरिकाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र इन्टरसेप्टर विकास गर्ने सम्झौतामा हस्ताक्षर

  जापान र अमेरिका बुधबार दुई मुलुकले हस्ताक्षर गरेको सम्झौताअन्तर्गत सन् २०३० सम्ममा

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

  फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको अवधिमा अफगानिस्तानले १० अर्ब