अमेरिका मध्यपूर्वमा सङ्कट बढेको हेर्न चाहँदैन



 

इजराइलले इरानको ठूलो मात्रामा मिसाइल र ड्रोन आक्रमणलाई विफल बनाएपछि अमेरिकाले मध्यपूर्वमा सङ्कट बढेको हेर्न नचाहेको ह्वाइट हाउसका एक शीर्ष अधिकारीले बताएका छन् ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले एनबिसीको ‘मिट द प्रेस’ मा भने, “हामी यो सङ्कट बढ्दै गएको हेर्न चाहन्नौँ, हामीले इरानसँग व्यापक युद्धको अपेक्षा गरेका छैनौँ ।”

इरानको अभूतपूर्व आक्रमणपछि व्यापक द्वन्द्वको आशङ्काहरूबीच इजराइल आइतबार उच्च सतर्क अवस्थामा थियो । अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा तेहरानको वाणिज्य दूतावासमा भएको इजराइली हमलाको जवाफमा इरानले शनिबार राति इजराइली क्षेत्रमा पहिलो पटक प्रत्यक्ष आक्रमण गरेको थियो ।

इरानको जवाफी कारवाहीले क्षेत्रीय दुश्मनहरूबीच लामो समयदेखि चलिरहेको गुप्त युद्धका ठूलो वृद्धिलाई देखाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजराइलका लागि वासिङ्टनको ‘बलियो’ समर्थनको पुष्टि गर्नुभए पनि आफ्नो कट्टर सहयोगी इजराइललाई सैन्य प्रतिक्रियाबाट टाढा राख्न मार्गदर्शन गरिरहेको देखिएको छ ।

समाचार आउटलेट एक्सियोसका अनुसार राष्ट्रपति बाइडेनले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग इरानविरुद्ध इजराइलको जवाफी आक्रमणको विरोध गर्ने बताएका थिए भने नेतान्याहुले ‘जित हासिल गर्नुपर्ने’ बताएका थिए ।

अमेरिकी सैनिकहरूका लागि कुनै पनि इरानी खतराप्रति अमेरिका ‘सतर्क’ रहेको किर्बीले अन्तरवार्तामा बताशृ । “हामी के गर्नेछौँ र आफ्ना कर्मचारीहरूका लागि कुनै पनि सम्भावित खतरालाई कति गम्भीरतापूर्वक लिन्छौँ भनेर हामीले इरानसहित सबै पक्षलाई स्पष्ट गरेका छौँ”, उनले भने ।

इरानले शनिबार राति इजराइलतर्फ तीन सयभन्दा धेरै ड्रोन र मिसाइल प्रहार गर्दा १२ जना घाइते भएका इजराइली सेनाले बताएको छ । यद्यपि सेनाले अमेरिका, जोर्डन, बेलायत र अन्य सहयोगीहरूको मद्दतमा करिब सबै ड्रोन र मिसाइल इजराइली क्षेत्रमा पुग्नुभन्दा अघि नै रोकेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी राष्ट्रपति पुटिन बेइजिङमा

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्ताका लागि

जापान र अमेरिकाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र इन्टरसेप्टर विकास गर्ने सम्झौतामा हस्ताक्षर

  जापान र अमेरिका बुधबार दुई मुलुकले हस्ताक्षर गरेको सम्झौताअन्तर्गत सन् २०३० सम्ममा

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

  फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको अवधिमा अफगानिस्तानले १० अर्ब

भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार

  भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले भारतले इरानमा रणनीतिक बन्दरगाह परियोजनाको लाभलाई सम्प्रेषित गर्नका