इजरायलमाथि इरानी हमलापछि ठूला देशहरूद्वारा चिन्ता व्यक्त



बीबीसी । संयुक्त राष्ट्रसङ्घले इरानले इजरायलमाथि गरेको हमलाका बारेमा छलफल गर्न इजरायलको अनुरोधमा आइतवार सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने जनाएको छ ।

सामाजिक सञ्जालमा राखिएको एक सन्देशमा राष्ट्रसङ्घका लागि इजरायलका राजदूत गिलाड एर्डानले इरानले गरेको हमलालाई ‘विश्वव्यापी शान्ति र सुरक्षामाथि नै गम्भीर सङ्कट’ भनेका छन् । उनले तेहरानविरुद्ध ठोस कदम चाल्न सुरक्षा परिषद्ले सम्पूर्ण उपायहरू अवलम्बन गर्ने अपेक्षा गरेको पनि बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले इरानको कदमको निन्दा गरेका छन् र उनी त्यस क्षेत्रभर नै तनाव चर्केर जाने वास्तविक खतराप्रति गहीरो रूपमा चिन्तित रहेको पनि उनले बताएका छन् ।

इरानले इजरायलमा हवाई हमला गरेपछि इजिप्टले आफ्नो हवाई सुरक्षा प्रणालीलाई उच्चतम सतर्क अवस्थामा राखेको बताएको छ। उसले त्यस क्षेत्र र त्यहाँका जनतालाई थप अस्थिरताको अवस्थाबाट जोगाउन अत्यन्त संयम अपनाउन पनि सबै पक्षलाई आग्रह गरेको छ ।

चीनको विदेश मन्त्रालयले पछिल्लो तनावपूर्ण अवस्था गाजामा जारी युद्धको पछिल्लो परिणाम भन्दै शान्तिका लागि आह्वान गरेको छ। उसले त्यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि रचनात्मक भूमिका खेल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले इरानी हमलालाई गैरजिम्मेवार भन्दै निन्दा गरेका छन्। उनले इरानलाई आफ्नै छिमेकमा अशान्तिको बीज रोपेको आरोप लगाएका छन् । फ्रान्सले पनि इरानको निन्दा गर्दै उसको कदम अस्थिरताको नयाँ चरणमा पुगेको भनेर चेतावनी पनि दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

  नेताहरू सी जिनपिङ र भ्लादिमिर पुटिनले बिहीबार बेइजिङमा भएको भेटमा अराजक संसारमा

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत

  एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा

सुडानमा खाद्यसङ्कट हुने राष्टसंघको चेतावनी

  संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले सुडानका युद्धग्रस्त क्षेत्रहरूमा

स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण