जर्मनीले युक्रेनलाई थप प्याट्रियट सिस्टम पठाउने



 

 

जर्मनीले युक्रेनको कडा दबाबमा परेको सेनालाई बलियो बनाउन र बढ्दो रुसी हवाई आक्रमणलाई रोक्न मद्दत गर्न युक्रेनमा थप ‘प्याट्रियट एयर डिफेन्स सिस्टम’ पठाउने बताएको छ ।

“युक्रेनी सहरहरू र मुलुकको पूर्वाधारविरुद्धको रुसी आतङ्कले असह्य पीडा निम्त्याइरहेको छ”, जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले उक्त कदमको घोषणा गर्दै भन्नुभयो, “यसले जनताको ऊर्जा आपूर्तिलाई खतरा पुर्याइरहेको छ र युक्रेनी सशस्त्र बलहरूको परिचालन तयारीलाई नष्ट गरिरहेको छ ।”

जर्मनीले युक्रेनलाई आपूर्ति गरेको यो तेस्रो प्याट्रियट सिस्टम हुनेछ । रक्षा मन्त्रालयले युक्रेनी सरकारको अनुरोध र सहयोगीहरूँगको समन्वयमा यस्तो निर्णय लिइएको बताएको छ ।

जर्मन चान्सलर ओलाफ सोल्सले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग फोनवार्तामा ‘ठूलो मात्रामा र विशेषगरी नागरिक ऊर्जा पूर्वाधारमा जारी रुसी हवाई हमलाको सामना गर्दै युक्रेनसँग आफ्नो अटुट ऐक्यबद्धता’ को पुष्टि गर्नुभएको जर्मन सरकारका एक प्रवक्ताले बताएका छन् ।

जर्मनीले नयाँ प्याट्रियट सिस्टमको डेलिभरीमाथि छलफल गर्नुका साथै सोल्स र जेलेन्स्की युक्रेनको हवाई रक्षाको प्रवर्द्धन गर्नका लागि ‘साझेदारहरूबाट थप प्रयासहरू पनि आवश्यकता छ’ भन्ने कुरामा सहमत भएको प्रवक्ताले बताए ।

विदेशी सहयोगको कमीका साथै पुरुष र गोलाबारुदको अभावका कारण मस्कोको सेनाविरुद्ध युद्ध मैदानमा किएभले सङ्घर्ष गरिरहेको बेला जर्मनीको यस्तो घोषणा आएको हो । रुसले युक्रेनमाथि हवाई हमला बढाइरहेको छ । बिहीबार मस्कोले युक्रेनको ऊर्जा संयन्त्रहरूमा हमला गरेर किएभ क्षेत्रमा एउटा विद्युत् स्टेसनलाई नष्ट गरेको थियो ।

सन् २०२२ मा युक्रेनमा युद्ध सुरु भएपछि जर्मनीले परम्परागतरूमा शान्तिवादी अडान त्यागेको छ र अमेरिकापछि युक्रेनलाई सैन्य सहायताका लागि दोस्रो सबैभन्दा ठूलो आपूर्तिकर्ता बनेको छ । यद्यपि अमेरिकी कांग्रेसमा राजनीतिक खिचातानीका कारण किएभका लागि अमेरिकी सहायताको महत्त्वपूर्ण प्याकेज रोकिएको छ ।

प्याट्रियटका साथै बर्लिनले तोपखानादेखि लिएर बख्तरबन्द लडाकू सवारीसम्म अन्य हतियारको एउटा विस्तृत शृङ्खला आपूर्ति गरेको छ । रक्षा मन्त्रालयका अनुसार जर्मन सैन्य भण्डारबाट नयाँ प्याट्रियट सिस्टम हस्तान्तरण तुरुन्त सुरु हुनेछ ।

जर्मनीले युक्रेनलाई अर्बौं युरोको सैन्य आपूर्ति गरे पनि लामो दूरीको टोरस मिसाइलहरूको आपूर्तिलाई अनुमति दिन अस्वीकार गरेका कारण हालैका महिनामा चान्सलर सोल्स आलोचनामा पर्नुभएको छ । ती मिसाइलहरूको रुसभित्र गहन लक्ष्यमा प्रहार गर्न प्रयोग हुनसक्ने जर्मनीलाई डर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण

रुसी राष्ट्रपति पुटिन बेइजिङमा

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्ताका लागि

जापान र अमेरिकाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र इन्टरसेप्टर विकास गर्ने सम्झौतामा हस्ताक्षर

  जापान र अमेरिका बुधबार दुई मुलुकले हस्ताक्षर गरेको सम्झौताअन्तर्गत सन् २०३० सम्ममा

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

  फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको अवधिमा अफगानिस्तानले १० अर्ब