चिनियाँ राष्ट्रपति सी र ताइवानका पूर्वराष्ट्रपति मा यिङ बीच भेटवार्ता



चीनका राष्ट्रपति सी चिनफिङ र ताइवानका पूर्वराष्ट्रपति मा यिङ–जेउबीच बुधबार बेइजिङमा भेटवार्ता भएको छ ।

“राष्ट्रपति सीले बेइजिङमा मा नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ,” चीनको सरकारी प्रसारक सिसिटिभीले भनेको छ ।

बेइजिङ र ताइपेइमा उनीहरूबीच दुर्लभ भेट भएको छ र यो सन् २०१५ मा सी र माबीच भएको ऐतिहासिक ‘क्रस स्ट्रेट’ शिखर बैठकपछि पहिलो बैठक हो ।

ताइवानलाई आफ्नो भूभाग दाबी गर्ने र स्वशासित टापुलाई आफ्नो नियन्त्रणमा ल्याउन बल प्रयोग गर्न कहिल्यै नछोडेको बेइजिङसँगको तनाव शान्त पार्न पूर्व राष्ट्रपति मा ‘शान्तिको यात्रा’ का लागि अप्रिल १ मा चीन आएका थिए ।

उनले २० जना ताइवानी विद्यार्थीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनका प्रविधि फर्म, विश्वविद्यालय र ऐतिहासिक स्थलको भ्रमण गरेका छन् ।

माले प्रस्थान गर्नुअघि युवा आदानप्रदानलाई बढावा दिने र बेइजिङसँगको ‘तनाव कम गर्नु र सद्भाव बढाउनु’ भ्रमणको उद्देश्य रहेको बताउनुभएको छ ।

माले कुओमिन्ताङ (केएमटी) पार्टीको प्रतिनिधित्व गर्दै सन् २००८ देखि २०१६ सम्म ताइवानको नेताको रूपमा दुई कार्यकाल सम्हालेका थिए ।

माले सन् २०१५ मा सिङ्गापुरमा सीसँग ऐतिहासिक शिखर वार्ता गरेका थिए ।

तर सन् २०१६ मा बेइजिङको दाबीलाई अस्वीकार गर्ने उनका उत्तराधिकारी साई इङ–वेनको निर्वाचनपछि चीन ताइवानबीचको सम्बन्ध चिसिएको छ ।

गत जनवरीमा चीनप्रति बढी आक्रामक मानिने ताइवानी नेता लाइ चिङ–तेको निर्वाचनले सीमापार सम्बन्धमा थप तनाव आएको छ र बेइजिङले उहाँलाई ‘खतरनाक पृथकतावादी’ को संज्ञा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि

यसअघि ट्विटरको नामबाट चिनिने सामाजिक सञ्जाल पूर्णरूपमा एक्स डटकममा स्थानान्तरण भएको यसका मालिक

दक्षिण कोरियाको रोजगारी दरमा वृद्धि

गत महिना वृद्धवृद्धाको रोजगारीमा तीव्र वृद्धिका कारण दक्षिण कोरियाको रोजगारी बढ्दै गएको तथ्याङ्क

भारतमा चट्याङ लागेर १२ जनाको मृत्यु

  भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु

एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी

रुसको मस्कोस्थित रक्षामन्त्रालयले गएराति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी