अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु



हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले कारबाही सुरू गरेको र अस्पताल परिसरमा कारबाही सुरु गरेदेखि एक हप्ताको समयमा २०० भन्दा बढी लडाकूहरू मारिएका इजरायली रक्षा बल (आइडिएफ) ले बिहीबार जनाएको छ ।

इजरायली सैनिकहरूले हमास र प्यालेस्टिनी इस्लामी जिहादी लडाकू समूहविरुद्ध गाजाको सिफा र खान युनिस अस्पतालमा खोजतलास र कारबाही चलाइरहेकोे छ ।

कारबाहीका क्रममा ८०० संदिग्ध लडाकूहरूलाई हिरासतमा लिएको छ । यसमध्ये करिब ५०० जना हमास वा अतिवादी प्यालेस्टिनी इस्लामिक जिहादीसमूहका सदस्य भएको इजरायली सेनाले दाबी गरेको छ ।

अस्पतालमा कारबाही सुरू भएपछि शल्यक्रिया गर्नुपर्ने बिरामीहरूलाई उनीहरूको सुरक्षाका लागि सिफा परिसर क्षेत्रमा सारिएको तथा नागरिक र कर्मचारीहरूलाई कुनै हानी नभएको आईडीएफले बताएको छ ।

अस्पतालको एक भवनमा हमासले सरकारी मन्त्रालयहरू, शिक्षा, आन्तरिक, खजाना र प्रहरी मन्त्रालयहरूका प्रतिनिधिसहितको सानो सरकारी प्रशासन केन्द्र स्थापना गरेको विवरणहरू इजरायली सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

खान युनुसमा सैनिकहरूले अल अमल र अल करारा छिमेकमा लडाकू समूहले खडा गरेका पूर्वाधार कब्जामा लिई विस्फोटक पदार्थहरू जफत गरिएको छ ।

अक्टोबर सातमा गाजामा हमासको आक्रमणमा इजरायली समुदायका कम्तिमा एक हजार दुई सय मानिसको मृत्यु भएको थियो भने २४० इजरायली तथा विदेशीलाई बन्धक बनाइएको थियो । नियन्त्रणमा लिएकामध्ये करिब १२० जनालाई यस पहिले गरिएको युद्धविरामका क्रममा रिहा गरिएको थियो भने बन्धकमध्ये इजरायलले ३१ जनालाई मृत घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, उत्तरी गोलार्धमा देखियो रङ्गीन प्रकाश

पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक

हमासद्वारा गाजामा बन्धक बनाइएका एक व्यक्तिको भिडियो सार्वजनिक

  हमासको सशस्त्र शाखा एजेदिन अल–कसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक

इराकले भन्यो-अब देशमा राष्ट्रसङ्घीय सेना आवश्यक छैन

  इराक सरकारले संयुक्त राष्ट्रसङ्घलाई सन् २०२५ सम्ममा देशमा दशकौँ लामो समयदेखि कायम

बाढीमा परी अफगानिस्तानमा तीन सय भन्दाबढीको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट तीन सयभन्दा धेरै मानिसको मृत्यु भएको