बाल्टिमोरको पुल भत्किँदा वेपत्ता व्यक्ति जीवित पाइने आशा क्षिण



अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा वेपत्ता भएका छ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

दुर्घटना भएको १२ घण्टाभन्दा बढी भइसकेकोले वेपत्ता निर्माण श्रमिक पानीमा जीवित पाउने सम्भावना क्षीण रहेको भन्दै अमेरिकी सामुद्रिक सुरक्षा गार्डले खोजी र उद्धार कार्य स्थगित गरेको छ ।

पानीको तापक्रम अधिक चिसो रहेको र खराब सामुद्रिक मौसमबिचमा बेपत्ता व्यक्तिहरू जीवित भेटिने सम्भावना नरहेको रियर एडमिरल श्यानन गिलरेथले पत्रकार सम्मेलनमा बताए ।

क्षतिग्रस्त २.६ किलोमिटर लामो इन्टरस्टेट–६९५ पुलमा पानीजहाजको सिङ्गापुरको ध्वजाबाहक कन्टेनर जहाजले ठक्कर दिएपछि पुल मर्मतमा खटिएका करिब २० कामदार पानीमा फसेको प्रारम्भिक अनुमानमा गरिएको थियो ।

स्रोतका अनुसार दुर्घटनामा परि बेपत्ता भएका सबै व्यक्तिहरू सडक मर्मत सम्भारमा खटिएका कामदारहरू थिए ।

पाटापस्को नदीबाट यसअघि अन्य दुई जनालाई उद्धार गरिएको थियो, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

उक्त पुल सन् १९७७ मा यातायात सहजताको लागि निर्माण गरिएको र प्रत्येक वर्ष लगभग एक करोड १५ लाख सवारी साधनहरू यस पुलबाट आवतजावत गर्ने गरेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानको उत्तरी बघलान प्रान्त बाढीबाट बढी प्रभावित

  आपत्कालीन सहायता र उद्धार टोलीहरूले आइतबार अचानक आएको बाढीबाट सबैभन्दा धेरै प्रभावित

थाई प्रहरीद्वारा एक टन क्रिस्टल मेट बरामद

  थाई अधिकारीहरूले मुलुकमा अहिलेसम्मको सबैभन्दा ठूलो अवैध लागुऔषध बरामदमा एक टन क्रिस्टर

जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको निधन

  आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण प्राप्त गर्ने पहिलो जीवित बिरामीको प्रत्यारोपण गरेको

बेलायती विदेशमन्त्रीद्वारा जीवन रक्षाको ‘स्पष्ट योजना’ बिना रफाह आक्रमण अस्वीकार

  बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले  जनताको सुरक्षाका लागि ‘स्पष्ट योजना’ बिना इजराइलले गाजाको