युक्रेनमा रुसको आतंकवाद रणनीतिको फ्रान्सद्वारा निन्दा
युक्रेनमा मस्को सेनाको आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएपछि फ्रान्सले युक्रेनमा रुसको आतङ्कवादको रणनीतिको निन्दा गरेको छ। फ्रान्सेली विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसले युक्रेनी जनताको सहनशीलता र हार्दिकतालाई कमजोर पार्न युक्रेनी नागरिक पूर्वाधार नष्ट गर्ने उद्देश्यले आतङ्कको रणनीति जारी राखेको जनाएको छ ।
फ्रान्सले रुसलाई यस्ता गतिविधि बन्द गरी वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेको छ । उसले आतंकवादी राणनीतिले रुसलाई नै क्षति हुने बताएको छ ।