प्राग गोली काण्ड दुःखद् घटनाः महासचिव गुटेर्रेस



संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले चेक गणतन्त्रको राजधानी प्रागस्थित विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन् ।

महासचिवले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको प्रवक्ता स्टेफन दुजारिकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

महासचिवका प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले चेक गणतन्त्रका जनता र सरकारप्रति आफ्नो पूर्ण ऐक्यबद्धता पनि दोहोर्याएका छन् ।

प्रागस्थित चाल्र्स युनिभर्सिटीमा बिहीबार एक संदिग्धले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य २५ जना घाइते भएका थिए । चेक सरकारले बिहीबार राति गोली काण्डमा मारिएकाहरूको सम्झनामा शनिबार एक दिनको शोकको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे