अब हमासले युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने



बीबीसी । हमासले सुरु गरेको आक्रमण पूर्ण रुपमा अन्त्य नहुँदासम्म बन्धक बनाइएका थप मानिसहरूलाई मुक्त नगर्ने जनाएको छ । हमासले वक्तव्य जारी गर्दै भनेको छ, ‘आक्रमण पूर्ण रुपमा अन्त्य नभएसम्म कैदीहरूबारे कुनै पनि छलफल वा साटफेरको सम्झौता नगर्ने प्यालेस्टाइनको राष्ट्रिय निर्णय भएको छ।’

हमासको वक्तव्यले इजरेली सरकारलाई अफ्ठ्यारोमा पारेको छ । इजरेलले बन्धकहरू मुक्त गर्ने सबैभन्दा उत्तम उपायको रुपमा सैन्य दबावलाई लिएको छ र उद्धारका लागि भन्दै सैन्य कारबाहीहरू अघि बढाएको छ । तर यो उपायले अहिलेसम्म उपलब्धि भने हासिल भएको छैन।

इजरायलले डिसेम्बरको सुरुमा गरिएको युद्धविराम अन्त्य भएयता गाजामा हमासका दुई हजार लडाकुहरू मारिएका बताएको छ। एक साता लामो युद्धविरामका क्रममा एकसय जनाभन्दा बढी बन्धक बनाइएका मानिसहरू मुक्त भएका थिए । गत अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमण र घुसपैठका क्रममा अपहरणमा परेको भनिएका २४० जनामध्ये १२० जना अझै बन्धक रहेको ठानिएको छ ।

हमासबाट बन्धक बनाइएका भनिएका नेपालको कञ्चनपुरका विद्यार्थी विपिन जोशीको अवस्था अझैसम्म अज्ञात छ । यसअघि युद्धविरामका क्रममा थाइल्यान्ड, फिलिपिन्स सहितका केही विदेशी बन्धकलाई रिहा गरे पनि नेपालका नागरिक रिहा भएका छैनन् ।

सरकारले इजरेल–हमास युद्ध रोक्न मध्यस्थता गरिरहेका कतार, इजिप्टसहितका देशहरूमार्फत् जोशीको रिहाइका लागि पहल भइरहेको जनाएको छ । यसअघि हमासले तीन जना ज्येष्ठ उमेरका इजरायली बन्धकहरूको भिडियो सार्वजनिक गरेको थियो। तर जोशी कहाँ र कस्तो अवस्थामा छन् भन्ने अझैसम्म थाहा हुन सकेको छैन ।

अमेरिकाले भने राष्ट्रसङ्घको सुरक्षा परिषद्मा अघि सारिएको युद्धविरामसम्बन्धी प्रस्तावको मस्यौदामा आफ्नो गम्भीर चासो रहेको बताएको छ। सुरक्षा परिषद्मा यसअघिको मतदानमा अमेरिकाले भिटो प्रयोग गरेपछि युद्धविरामको प्रस्ताव पारित भएको थिएन ।

डिसेम्बरको सुरुमा भएको एक साता लामो युद्धविरामले संयुक्त राष्ट्रसङ्घले भोकमरी निम्तिन सक्ने चेतावनी दिएको गाजामा थप सहायता पठाउन सहयोग पुगेको थियो । अर्को युद्धविरामका लागि इजिप्टको काएरोमा वार्ताहरू भइरहेका छन्। यद्यपि प्रारम्भिक छलफलहरूबाट कुनै सहमति निस्कन सकेको छैन ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केन्यामा सरकार विरोधी प्रदर्शनमा ३० जनाको मृत्यु

केन्यामा पूर्वी अफ्रिकी देशमा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता

सुरक्षा परिषदद्वारा सशस्त्र द्वन्द्वमा नागरिकको रक्षार्थ प्रयास बढाउन आग्रह

सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षा बलियो बनाउनका लागि प्रयासहरू दोब्बर बनाउन सदस्य राष्ट्रहरूलाई आह्वान

आकर्षक सम्बोधन गरेर बहसमा भएको क्षतिलाई सुधार्ने प्रयासमा अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको बहसका क्रममा भएको कमजोर प्रदर्शनको भरपाई गर्ने प्रयास गर्दै

श्रीलङ्कामा खाद्यान्नको मूल्य वृद्धि

सङ्कटग्रस्त श्रीलङ्काको वार्षिक मुद्रास्फीति मे को ०.९ प्रतिशतको तुलनामा जुनमा करिब दोब्बर भई