असफल ‘कू’को आरोपमा टर्कीमा १३ जना पक्राउ



टर्की प्रहरीले बिहीबार इस्तानबुलबाट १३ जना संदिग्धहरूलाई गिरफ्तार गरेको छ । सन् २०१६ को असफल ‘कू’ को प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको अवैध सञ्जालसँग सम्बन्ध रहेको पनि देखिएको छ ।

निजी टर्की प्रसारक एनटीभीका अनुसार प्रहरीले केही संदिग्ध व्यक्तिहरू अमेरिकामा आधारित टर्की प्रचारक फेथुल्लाह गुलेनको नेतृत्वमा सञ्चालित आन्दोलनको सेलको रूपमा चिनिने घरहरूमा बसेको पनि पत्ता लगाएको छ।

संदिग्ध व्यक्तिहरूले गुलेन आन्दोलनको ‘इन्क्रिप्टेड मेसेजिङ एप बाइलक’ प्रयोग गर्ने गरेको देखिएको छ । साथै उनीहरूले सो संगठनभित्र सक्रिय भूमिका खेलेको पनि पाइएको छ ।

टर्किए सरकारले गुलेन आन्दोलनलाई राज्यको कर्मचारीतन्त्रमा घुसपैठ गरेको र त्यसपछि सन् २०१६ जुलाई १५ मा ‘कू’ को प्रयास गरेको उल्लेख गरेको छ । सरकारले ‘कू’ प्रयासपछि सञ्जालसँग सम्बन्ध रहेको संदिग्ध व्यक्तिहरू माथि व्यापक कारवाही शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे