तीन वर्षको जेल बसाइपछि भेनेजुएलाका कूटनीतिज्ञ एलेक्स स्वदेश फिर्ता



भेनेजुएलाका कूटनीतिज्ञ एलेक्स साब संयुक्त राज्य अमेरिकामा तीन वर्षभन्दा लामो जेल जीवन बिताएर स्वदेश फर्किएका छन् ।
“भेनेजुएलाको सरकारले हाम्रा कूटनीतिज्ञ एलेक्स साबको रिहाई र स्वदेश फिर्तापछि खुशी व्यक्त गरेको छ । उनलाई आजसम्म अन्यायपूर्ण तरिकाले अमेरिकी जेलमा राखिएको थियो,” सञ्चार र सूचना मन्त्री फ्रेडी नानेजले एक्स (ट्वीटर) मा उल्लेख गरेका छन् ।

सरकारको आधिकारिक विज्ञप्तिमा भनिएको छ, “साबलाई अमेरिकी सरकारले एकतर्फी बलप्रयोग वा प्रतिबन्धको सामना गरिरहेका भेनेजुएलाका नागरिकको ‘सामाजिक अधिकारको रक्षा’ गर्ने प्रयासका कारण निशाना बनाएको थियो ।”

विज्ञप्तिमा भनिएको छ, “मानव अधिकार र कूटनीतिक उन्मुक्ति प्रदान गर्ने संयुक्त राष्ट्रसंघीय भियना कन्भेन्सनको उल्लङ्घन गरी उहाँलाई क्रूर, अमानवीय र अपमानजनक व्यवहारअन्तर्गत साढे तीन वर्ष गैरकानुनी रूपमा थुनामा राखिएको थियो । देशले उहाँको रिहाइ र स्वदेश फिर्तालाई गर्वका साथ स्वागत गर्दछ ।”

सन्देशमा सञ्चारमन्त्री नानेजले काराकासले भेनेजुएलाका सबै जनताविरुद्ध अमेरिकी सरकारले लगाएको आपराधिक नाकाबन्दीको निश्चित, तत्काल र निःशर्त अन्त्य गर्न पनि माग गरेका छन् ।

साबलाई सन् २०२० को जुन १२ मा केप भर्डमा अन्तर्राष्ट्रिय आपराधिक प्रहरी सङ्गठन (इन्टरपोल) ले गिरफ्तार गरेको थियो र अक्टोबर २०२१ मा भेनेजुएला सरकारले उनको गिरफ्तारीलाई ‘अपहरण’ को संज्ञा दिएको थियो । उनलाई संयुक्त राज्य अमेरिका लगेको थियो । उनको गिरफ्तारीपछि काराकास मेक्सिकोमा भेनेजुएलाको विपक्षीहरूसँगको वार्ताबाट पछि हटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे