विद्रोहीले पकड जमाउँदै गएपछि म्यान्माको सैनिक सरकार संकटमा



म्यान्माको सत्तारूढ जुन्टाले हालैका हप्ताहरूमा सशस्त्र जातीय मिलिशियाहरू सशक्त ढङ्गले प्रतिरोधमा आउँन थालेपछि आफ्ना शक्तिशाली सैन्य स्थल र सीमावर्ती शहरहरूमा पकड गुमाउँदै गएको छ।

स्वतन्त्र म्यानमार विश्लेषक, म्याथ्यू अर्नोल्डले जुन्टा अहिले क्रमशः पतन भइरहेको र तीव्र गतिमा पतनोन्मुख रहेको टिप्पणी गरेका छन् । उनले यस किसिमको शक्तिको ह्रासलाई ‘सैन्य अस्तित्वको क्षण’ का रूपमा वर्णन गर्दै विपक्षीहरू अब जुन्टालाई निश्तेज पार्दै प्रमुख शहरहरू नियन्त्रणमा लिनमा केन्द्रित रहेको बताएका छन् ।

पछिल्लो अवस्था यस्तो देखिन्छ कि सशस्त्र जातीय मिलिशियाहरूले सन् २०२१ को कूद्वारा प्रजातान्त्रिक रूपमा निर्वाचित नेसनल लीग फर डेमोक्रेसीलाई हटाएदेखि देशलाई नियन्त्रणमा राखेको सैन्य सरकारलाई हटाउने प्रयास गरिरहेका छन् । दशकौंदेखि म्यानमारमा जातीय सेना र विभिन्न सैन्य शासनबीच गृहयुद्ध चलिरहेको छ जसको मारमा प्रजातान्त्रिक शासन व्यवस्था र जनता परिरहेका छन्।

यद्यपि सेनाका नेता मिन आङ ह्लाइङको सन् २०२१ फेब्रुअरीको कू जसले आङ साङ सुकीको प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारलाई विस्थापित गरेको थियो। म्यानमारका ग्रामीण र शहरी केन्द्रहरूमा सेनाले कू गरेपछि शान्तिपूर्ण प्रदर्शनकारीहरू विरुद्ध बल प्रयोग गर्दा जनताले आफ्ना शहर र गाउँहरूको रक्षा गर्न बन्दुक हातमा लिएका थिए । जसले गर्दा नागरिकहरू विरुद्ध गरिएका अपराधहरूले वातावरणलाई थप क्रोधित पार्दै उक्साएको थियो।

त्यसयता निर्वासनमा रहेका राष्ट्रिय एकता सरकारलाई समर्थन गर्ने सेना र प्रतिरोधी सङ्गठनहरू बीच दैनिक झडपहरू भइरहेका छन् । यसबाट जुन्टाको विरोध चुलिदै गएको देखिन्छ । यद्यपि यो अझै ठूला शहरहरू जस्तै मन्डले, नेपिडाव, वा याङ्गोनमा सशक्त रूपमा पुगेको छैन । गत अक्टोबर २७ मा भएको द्वन्द्व सबैभन्दा पछिल्लो परिवर्तनोन्मुख मोड हो। मानवीय मामिलाका लागि संयुक्त राष्ट्रसंघको कार्यालय ओएसएचएले विद्रोहपछि सशस्त्र द्वन्द्व अहिलेसम्मकै सबैभन्दा ठूलो र व्यापक स्तरमा पुगेको जनाएको छ।

अहिले सम्म म्यान्मा सेनाले ‘आतङ्कवादी’भनी तोकेका स्थानहरूमा जुन्टा बम विष्फोट र भूमि आक्रमणको परिणाम स्वरूप बालबालिका सहित सयौं नागरिकको मृत्यु भएको छ भने, करिब २० लाख मानिसहरू विस्थापित भएको सीएनएनले उल्लेख गरेको छ।

थ्री ब्रदरहुड एलायन्स, अराकान आर्मी, कोकाङको म्यान्मा नेशनल डेमोक्रेटिक एलायन्स आर्मी, ताआङ नेशनल लिबरेसन आर्मी र सहयोगी जनताको रक्षा बलहरू मिलेर अक्टोबरको विद्रोहको घोषणा गर्दै तानाशाही सैनिक शासनको विरुद्धमा आवाज बुलन्द पारेका हुन् ।
साथै गठबन्धनले अनलाइन जुवा धोखाधडी विरुद्ध लड्ने प्रतिज्ञा पनि गरेको छ । यस्ता गतिविधिले म्यान्मालाई विशेष गरी चीन र म्यान्माको सीमा क्षेत्रका जनतालाई पीडामा पुर्याएको छ ।

सीएनएनका अनुसार हालैका वर्षहरूमा चीन र थाइल्याण्डको सीमानाका थुप्रै गाउँहरूमा चिनियाँद्वारा सञ्चालित कम्पाउन्डहरू फैलिएका छन् र व्यापक इन्टरनेट जालसाजी र अवैध जुवा खेल्ने हबहरूका रूपमा विकसित भएका छन् । त्यस्ता संरचना जुन्टा मिलिसियाहरूद्वारा सञ्चालित भएको र उनीहरूले हजारौं व्यक्तिहरूलाई अनलाइन एससी बन्नको लागि फँसाएको र बेचबिखन गरेको आरोप पनि लाग्ने गरेको छ ।

नोभेम्बरमा म्यानमारको सैन्य सरकारले सशस्त्र समूहहरूसँगको लडाइँपछि चीनसँगको सीमामा रहेको महत्त्वपूर्ण शहर चिन्शवेहाउको नियन्त्रण गुमाएको थियो। सन् २०२१ मा फेब्रुअरीमा म्यानमारको निर्वाचित सरकारबाट सत्ता कब्जा गर्ने सैन्य नेताहरूका लागि महत्त्वपूर्ण झटकाका रूपमा पछिल्ला गतिविधिहरू बढिरहेका छन् । जुन्टा शासकहरू हाल आफ्नो शासनको विरोधलाई दमन गर्न संघर्षरत छन् ।

चीनको युनान प्रान्तको सिमानामा रहेको चिनस्वेहाउ शहरले म्यानमार र चीनबीचको व्यापारलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । वाणिज्य मन्त्रालयलाई उद्धृत गर्दै म्यानमारको चीनसँगको १.८ अर्ब अमेरिकी डलरको सीमा व्यापारको २५ प्रतिशतभन्दा बढी अप्रिलदेखि सेप्टेम्बरसम्म चिन्स्वेहाउ हुँदै कारोबार सरकारी सञ्चारमाध्यमले जनाएको छ।

यो विकास म्यानमारको उत्तरी शान राज्यमा विकसित द्वन्द्वपछि भएको हो जहाँ सेना ब्रदरहुड एलायन्स भनेर चिनिने तीन जातीय विद्रोही समूहहरूको गठबन्धनसँग लडाइँमा संलग्न रहेको अल जजीराले उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघले जारी द्वन्द्वका कारण हजारौं व्यक्तिहरू विस्थापित भएकामा गहिरो चिन्ता व्यक्त गरेको छ । केही जनताले सीमापार चीनमा शरण लिएका छन्। संयुक्त राष्ट्रसंघले तत्काल युद्धविरामको लागि आह्वान पनि गरेको छ।

सेनाले कब्जा गरेपछि म्यान्मा सङ्कटमा फसेको छ । सेनाका जनरलहरूले उनीहरूको शक्ति हडप्ने गतिविधि विरुद्ध गरिने विरोधलाई कडा कदम चालेर निश्तेज पार्न खोजेका छन्। विपक्षी समूहहरूले आफूलाई स्थापित जातीय सशस्त्र सङ्गठनहरूका लडाकुहरूसँग नागरिक शासन पुनर्स्थापना गर्ने प्रयासमा एकाकार भएको पनि अल जजीराले उल्लेख गरेको छ ।

एक दशकको सङ्क्रमणको चरण जसले क्षणभरमा लोकतान्त्रिक र आर्थिक परिवर्तनहरू ल्याएको थियो जुन अचानक एउटा कूद्वारा समाप्त भएको थियो । कतिपय विश्लेषकहरू म्यान्मरले अहिले जारी शासनलाई हटाउन सफल हुने अनुमान गरेका छन् । जुन्टाको शक्तिमा ह्रास हुँदै गएपछि यस्ता विश्लेषण र प्रक्षेपण बढिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको उम्मेदवारी घोषणा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक

रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको