बुर्किना फासोमा भएको नरसंहारमा करिब एकसय जनाको मृत्यु



 

पश्चिम अफ्रिकी देश बुर्किना फासोमा भएको नरसंहारमा करिब एकसय सर्वसाधारणको मृत्यु भएको छ । युरोपेली संघको कूटनीतिक सेवाले जनाए अनुसार बुर्किना फासोको उत्तर–मध्य क्षेत्रको जाओन्गो गाउँमा भएको नरसंहारमा महिला र बालबालिका सहित करिब एक सय सर्वसाधारणको मृत्यु भएको छ ।

जाओन्गो गाउँ बोल्सा शहरबाट करिब ६० किलोमिटर टाढा छ ।  घटनाको कारण र संलग्नता बारे अहिलेसम्म कुनै जानकारी सार्वजिनक भएको छैन । अभियोजक साइमन ग्यानोउले बताए अनुसार अहिलेसम्म घटनाको यथेष्ट प्रमाण भेटिएको छैन ।

बुर्किना फासो सन् २०२२ को जुलाईदेखि सैनिक शासनको अधीनमा छ। सैन्य अधिग्रहण पछि जन्टाले सुरक्षालाई प्राथमिकता दिएको छ तर इस्लामवादी समूहहरूलाई नियन्त्रण गर्न संघर्षरत छ ।

विभिन्न किसिमका आतङ्ककारी आक्रमणबाट सयौं नागरिकको मृत्यु भएको छ । बुर्किना फासो हिंसाको केन्द्रबिन्दु बनेको छ । अल कायदा र इस्लामिक स्टेटसँग सम्बन्धित इस्लामवादी समूहहरूका  गतिविधि विशाल सहेल क्षेत्रमा फैलिएको छ ।

एम्नेस्टी इन्टरनेशनलका अनुसार गरिब राष्ट्रको ठूलो भाग “युद्ध अपराध र मानवअधिकार उल्लङ्घन गर्ने” सशस्त्र समूहहरूको घेराबन्दीमा छ । यसै वर्षको अप्रिलमा छुट्टाछुट्टै गाउँहरूमा कम्तीमा ४४ जनाको ज्यान गएको थियो । जुन जन्टा अधिकारीहरूले इस्लामवादी आतङ्कवादीहरूलाई दोष लगाएका थिए ।

अप्रिलमा नै सैन्य पोशाकमा सशस्त्र व्यक्तिहरूले सोही क्षेत्रको एउटा गाउँमा गरेको आक्रमणमा १३६ जना नागरिक मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी

खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।