गाजास्थित प्रमुख स्वास्थ्य केन्द्र अल–शिफा अस्पतालको अवस्था दयनीय



विश्व स्वास्थ्य सङ्गठन, (डब्ल्यूएचओ)ले गाजास्थित प्रमुख स्वास्थ्य केन्द्र अल–शिफा अस्पतालको अवस्था दयनीय र जोखिमपूर्ण बनेको चेतावनी दिएको छ ।

उक्त अस्पताल अहिले लगभग बिजुली नभएको र खानेकुरा तथा पानीको अभावको अवस्थाबाट गुज्रिरहेको छ । पहिल्यैदेखिको गम्भीर अवस्थालाई अस्पताल क्षेत्र आसपास निरन्तर भइरहेका गोलाबारी र बमबारीले झन् बिगारेको र अल–शिफाले अस्पतालको रूपमा काम गर्न छोडेको डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन् ।

त्यहाँ उपचाररत जोखिममा रहेका नवजात शिशुहरूलाई उक्त अस्पतालबाट अर्को अस्पतालमा सार्ने काममा सघाउन तयार रहेको इजरायली सेनाले बताएको छ ।

महिना नपुगी जन्मेका प्रत्येक तीनमध्ये एक शिशुको बिजुली अभावका कारण ज्यान जाने गरेको अल–शिफा अस्पतालका शल्यक्रिया प्रमुख मारवान अबु सादाले बताए । यसअघि इन्क्यूबेटरमा राखिएका नवजात शिशुहरूलाई बिजुली अभावका कारण शल्यचिकित्सा वार्डका शय्याहरूमा सारिएको छ ।

थुप्रै नवजात शिशुहरूले पाउनुपर्ने सेवा नपाइरहेको भन्दै उनले ती सबैको ज्यान जान सक्ने डर भएको बताए। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अल–शिफा अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै अस्पतालभित्र अझै कम्तीमा २ हजार ३ सयजना रहेका जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी