पाकिस्तानबाट एकैदिन ६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता



पाकिस्तानबाट एकैदिन ६ भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन् । शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार पाकिस्तानमा वर्षौंदेखि बस्दै आएका १ हजार ५१ परिवारका ६ हजार १ जना अफगानीहरू शनिबार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै स्वदेश फर्किएका छन् ।

पाकिस्तानमा बसोबास गर्ने गैरकानुनी शरणार्थीहरूलाई निर्वासित गर्ने इस्लामावादको निर्णयपछि दुई लाखभन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि अफगानिस्तान फर्किएका छन्।

पाकिस्तानमा २५ लाखभन्दा बढी अफगान शरणार्थी बसोबास गर्दै आएको बताइएको छ । अफगान कार्यवाहक प्रशासनले हिउँद अघि फर्केकाहरूलाई अस्थायी आश्रय सहित आवश्यक सुविधाहरू उपलब्ध गराउने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी

खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।