क्षयरोग तथा मृत्युदर घटाउने भारतको सफलता डब्लुएचओद्वारा स्वीकार



 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सन् २०१५ देखि लागु भएको क्षयरोगका घटना तथा मृत्युदर कम गर्ने प्रयासमा भारतले गरेको सफलतालाई स्वीकार गरेको भारतको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

“भारतको प्रयासका कारण सन् २०२२ मा (सन् २०१५ देखि) क्षयरोगको घटनामा १६ प्रतिशत कमी आएको छ, यो वैश्विक क्षयरोगका घटनामा भएको गिरावट (आठ दशमलव सात प्रतिशत) भन्दा करिब दुई गुणा हो । यस अवधिमा भारत र वैश्विकस्तरमा क्षयरोगबाट हुने मृत्युदर पनि १८ प्रतिशतले घटेको छ”, मन्त्रालयले भनेको छ, “डब्लुएचओले सन् २०२१ मा चार लाख ९४ हजारबाट सन् २०२२ मा तीन लाख ३१ हजारमा क्षयरोगको मृत्युदरलाई ३४ प्रतिशतभन्दा बढीले घटाएर संशोधन गरेको छ ।”

डब्लुएचओले मङ्गलबार आफ्नो ग्लोबल क्षयरोग रिपोर्ट २०२३ जारी गर्दै भारतमा क्षयरोगको मामिला पत्ता लगाउने सुधारमा ठूलो प्रगति गरेको बताएको छ ।

“अनुमानित क्षयरोग मामिलाको उपचार बढेर ८० प्रतिशत भएको छ, यो गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो”, मन्त्रालयले भनेको छ,“भारतले राष्ट्रिय स्वास्थ्य मिसनको तत्वावधानमा लागू गरिएको राष्ट्रिय क्षयरोग उन्मूलन कार्यक्रममा थप लगानी गरेर क्षयरोग उन्मूलन प्रयासहरूलाई प्राथमिकता दिनका लागि साहसिक कदम चालेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी

खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।