बङ्गलादेशमा तयारी पोशाक श्रमिकमाथि प्रहरीद्वारा रबरको गोली प्रहार



सरकारले प्रस्ताव गरेको पारिश्रमिक वृद्धिलाई अस्वीकार गर्ने तयारी पोशाक श्रमिकको विरोध प्रदर्शनमा हिंसा भड्किएपछि बङ्गलादेश प्रहरीले बिहीबार रबरको गोली र अश्रुग्यास प्रहार गरेको अधिकारी र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

सरकारले नियुक्त गरेको प्यानलले मङ्गलबार मुलुकको तयारी पोशाक कारखानाका ४० लाख श्रमिकका लागि पारिश्रमिकमा ५६ दशमलव २५ प्रतिशतले वृद्धि गरेको थियो । श्रमिकहरूले भने आफ्नो मासिक पारिश्रमिकमा करिब तीन गुणाले वृद्धि गर्नुपर्ने माग गरिरहेका छन् ।

बङ्गलादेशको तीन हजार पाँच सय तयारी पोशाक कारखानाले मुलुकको ५५ अर्ब अमेरिकी डलरको वार्षिक निर्यातमा करिब ८५ प्रतिशत योगदान गर्दछन् । यी कारखानाले लेभी, जारा र एच एन्ड एमलगायत विश्वका थुप्रै शीर्ष ब्रान्डहरूलाई तयारी पोशाक आपूर्ति गर्दछन् ।

तर यो क्षेत्रका ४० लाख श्रमिकमध्ये धेरैको स्थिति दयनीय छ । यिनीहरूमा अधिकांश महिला छन् र उनीहरूको मासिक पारिश्रमिक आठ हजार तीन सय टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ ।

एक हजारभन्दा बढी श्रमिकले प्यानलको प्रस्तावलाई अस्वीकार गर्दै एउटा राजमार्गमा विरोध प्रदर्शन गरेपछि राजधानी ढाकाबाहिरको औद्योगिक सहर गाजिपुरमा हिंसा भड्किएको प्रहरीले जनाएको छ ।

“श्रमिकहरूले सडक अवरुद्ध गर्ने प्रयास गरेपछि हामीले उनीहरूलाई तितरबितर गर्न अश्रुग्यास र रबरको गोली प्रयोग गर्नुपर्यो”, घटनास्थलमा रहेका एएफपीका संवाददातालाई गाजिपुरका प्रहरी उपप्रमुख अशोककुमार पालले भने । श्रमिकहरूले अधिकारीहरूमाथि इँटा र ढुङ्गा प्रहार गरेको र सडकमा आगो लगाएको प्रहरीले जनाएको छ ।

श्रमिकहरूले २३ हजार टाकासम्म पारिश्रमिक वृद्धिको माग गरिरहेका छन् र उनीहरूको प्रतिनिधित्व गर्ने युनियनहरूले प्यानलको वृद्धि प्रस्तावलाई ‘हास्यास्पद’ भन्दै अस्वीकार गरेका छन् । उत्तरी ढाकाको उपनगर अशुलियामा पनि कयौँ हजार श्रमिकले कारखाना छोडेको प्रहरीले बताएको छ ।

गत साता प्रमुख औद्योगिक सहरहरूमा पारिश्रमिकसम्बन्धी विरोध प्रदर्शन सुरु भएपछि कम्तीमा तीन श्रमिकको मृत्यु भएको प्रहरीले बताएको छ । तीमध्ये बुधबार २३ वर्षीया एक महिलाको गोली हानी हत्या गरिएको थियो । विरोध प्रदर्शनमा कम्तीमा पाँच प्रहरी अधिकारी पनि घाइते भएका छन् ।

युनियनहरूले प्यानलको पारिश्रमिक वृद्धि खाना, घरभाडा र छोराछोरीको शिक्षा तथा हेरचाहको बढ्दो मूल्यअनुसार नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी