दिल्लीको वायु प्रदूषण अझै खराब हुने चेतावनी



भारतको राजधानी दिल्लीको वायु गुणस्तर कमजोर स्तरमा पुगेको र आगामी दिनमा यो अझै खराब हुन सक्ने अधिकारीहरूले बताएका छन् । वर्षभरि नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ ।

तर कृषि बालीको अवशेष बाल्ने प्रवृत्ति, हावाको कम गति र चाडपर्वमा पड्काइने पटकालगायतका कारणबाट यहाँको हावा जाडोयाममा अझ विषालु बन्ने गर्दछ । दूषित हावाले हरेक वर्ष दिल्लीवासीहरूमाझ गम्भीर स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । सरकारी तथ्याङ्कअनुसार सोमबार त्यहाँको पीएम २ दशमलव ५ को स्तर ३०६ थियो ।

पीएम २ दशमलव ५ भनेको फोक्सोलाई ढाकेर धेरै थरी रोग उत्पन्न गराउने धुलोका कणहरूको मात्रा हो । यसको मात्रा १०१ देखि २०० सम्म हुनुलाई मध्यम मानिन्छ भने २०१ देखि ३०० सम्म हुनुलाई कमजोर मानिन्छ । त्यसभन्दा बढी मात्रामा पीएम २ दशमलव ५ हुनु भनेको वायुको गुणस्तर अत्यन्त कमजोर हुनु हो भने ५०० भन्दा माथिको मात्रालाई चरम मानिन्छ ।

भारतको मौसम विभागका एक वैज्ञानिक भीके सोनीका अनुसार दिल्लीको वायुको गुणस्तर आगामी केही दिन अझै अत्यन्त कमजोर रहने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बर्ड फ्लूको महामारीबाट बच्न विश्व भविष्य तयार नभएको देखाएको प्रतिवेदन सार्वजनिक

अमेरिकी गाईवस्तुसहित स्तनधारी जनावरहरूमा बर्ड फ्लूको बढ्दो घटनाले भविष्यमा हुने महामारीबाट बच्नका लागि

बाइडेनले अमेरिकी नागरिकको जीवनसाथीका लागि अध्यागमन मार्गलाई सहज बनाउने

  राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकहरूका कागजात नभएका जीवनसाथीका लागि स्थायी बसोबासको स्थिति

थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन कम्प्युटर अपराध अभियोगमा जमानतमा रिहा

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई सन् २०१५ को अन्तर्वार्ताको टिप्पणीसँग सम्बन्धित लेज–माजेस्टे र कम्प्युटर

नोबेल पुरस्कार विजेता मोहम्मदीलाई इरानमा एक वर्षको जेल सजाय

  इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई ‘राज्यविरुद्ध प्रचार’ गरेको