इजरायली आक्रमणपछि सिरियाका दुई मुख्य विमानस्थलमा सेवा अवरूद्ध



इजरायलले गरेको हवाई आक्रमणमा सिरियाका दुई मुख्य विमानस्थल बिहीबार बन्द भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली आक्रमणका कारण राजधानी दमास्कस र उत्तरी शहर अलेप्पोका विमानस्थलमा पटक–पटक उडान बन्द हुँदै आएको छ ।

सरकारी सञ्चारमाध्यमले भनेको छ, “एकैसाथ गरिएको आक्रमणले दुई विमानस्थलको अवतरणका लागि छुट्ट्याइएको धावनमार्गमा क्षति पुर्याएको छ ।”

गाजाको सीमा पार गरी शनिबार सयौं हमासका बन्दुकधारीले इजरायलमा प्रवेश गरी एक हजार २०० जनाको हत्या गरेपछि हमास र इजरायलबीच छैटौं दिन भीषण गोली हानाहान भएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलको भ्रमण गरेको र इरानी राष्ट्रपति इब्राहिम राइसीले आफ्ना सिरियाली समकक्षी बसर अल असदसँग टेलिफोन वार्ता गरी अरब र इस्लामी मुलुकहरूलाई इजरायलको सामना गर्न सहयोग गर्न आह्वान गरेको केही घण्टापछि नै यी घटनाहरू भएका हुन् ।

सिरियाली सरकारी सञ्चार माध्यमले उदृत गरेको सैन्य स्रोतले उक्त आक्रमणलाई गाजामा हमाससँगको द्वन्द्वबाट ध्यान मोड्न इजरायलले गरेको ‘प्रयास’ को संज्ञा दिएको छ ।

सिरियामा एक दशकभन्दा बढी समयदेखि चलेको युद्धका क्रममा इजरायलले आफ्नो उत्तरी छिमेकी मुलुकमाथि सयौं हवाई आक्रमण गरेको छ, जसमा मुख्यतः इरान समर्थित सेना र लेबनानी हिजबुल्लाहका लडाकूका साथै सिरियाली सेनाका स्थानहरूलाई लक्षित गरिएको छ ।

इजरायलले सिरियामा गरेको आक्रमणबारे विरलै टिप्पणी गर्ने गरेको छ, तर उसले असदको सरकारलाई समर्थन गर्ने आफ्नो कट्टर शत्रु इरानलाई त्यहाँ आफ्नो पदचिन्ह विस्तार गर्न नदिने बताउँदै आएको छ ।

हमासलाई समर्थन गर्ने इरानले शनिबार इजरायलमाथि हमासले गरेको आक्रमणको प्रसंशा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार