इजराइल–हमास द्वन्द्वका बीच अमेरिकी विदेशमन्त्री ब्लिङ्केन तेल अविवमा



 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन अधिकारीहरूसहितको एक टोलीसँगै बिहीबार तेल अविव पुगेका छन् । गत शनिबार हमासले आक्रमण गरेपछि इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच उनको यो भ्रमण भएको हो ।

विदेशमन्त्री ब्लिङ्केनसँग रहनुभएका अमेरिकी अधिकारीहरूमा उनका सल्लाहकार डेरेक चोलेट, उनका डेपुटी चिफ अफ स्टाप टम सुलिभान, विदेश मन्त्रालयका प्रवक्ता माथ्यु मिलर, निकट पूर्वीमामिला सहायकमन्त्री बार्बरा लिफ, प्यालेस्टिन मामिलाका विशेष प्रतिनिधि ह्याडी आमर र बन्धक मामिलका लागि राष्ट्रपतिका उपविशेष दूत स्टिभ गिलन छन् ।

आफ्नो भ्रमणका क्रममा विदेशमन्त्री ब्लिङ्केनले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु, ब्रिगेडियर जनरल गल हिर्स्च र अन्य इजराइली अधिकारीहरूसँग बैठक गर्नेछन् ।

इजराइलको भ्रमण सकिएपछि उनले जोर्डनका राजा अब्दुल्लाह र प्यालेस्टिनी राष्ट्रपति मोहमुद अब्बाससँग अम्मानमा भेट गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार