पपुवा न्युगिनीमा ७ र अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प



 

पपुवा न्युगिनीको मडाङ शनिबार बिहान सात म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजीएस) ले जनाएको छ । सर्भेअनुसार ७२ किलोमिटर गहिराइमा रहेको भूकम्पीय केन्द्र पाँच दशमलव सात डिग्री दक्षिणी अक्षांश र एक सय ४६ दशमलव एक डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।

यसैबीच अफगानिस्तानको पश्चिमी भूभागमा पनि शनिबार बिहान छ दशमलव तीन ६.३ म्याग्निच्युडको भूकम्प गएको युएसजीएसले जनाएको छ । त्यसपछि हेरात शहरबाट ४० किलोमिटर उत्तर पश्चिममा केन्द्र बनाएर गएको भूकम्पका पाँच दशमलव पाँच, चार दशमलव सात र छ दशमलव दुई म्याग्निच्युडका तीनवटा पराकम्प गएका थिए ।

युएसजीएसले यसअघि छ दशमलव दुई म्याग्निच्युडको भूकम्प गएको जनाएको थियो । अफगानिस्तानको उक्त क्षेत्र उच्च भूकम्पीय जोखिम क्षेत्र हो ।

हिन्दकुश पर्वतमाला, युरेसियन र भारतीय टेक्टोनिक प्लेटहरूको सङ्गममा अवस्थित भएकाले अफगानिस्तान उच्च भूकम्पीय जोखिममा रहेको भूगर्भविदहरूले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियाको पश्चिमी सुमात्रामा आएको बाढीमा परी १५ जनाको मृत्यु

  इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५

रुसको बेलगोरोडमा युक्रेनी सेनाको गोलाबारी

युक्रेनी सेनाले रुसको सीमावर्ती क्षेत्र बेलगोरोडमा गरेको ठूलो गोलाबारीपछि एक बालकसहित १७ जनालाई

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने

अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले पृथ्वीमा मौसम अवलोकन र वातावरणीय

हमासले बन्धक रिहा गरेलगत्तै इजरायल र हमासबीच युद्धविराम सम्भवः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलीपल्टै इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम