स्क्रब टाइफसका कारण भारतमा आठ जनाको मृत्यु



भारतको पूर्वी राज्य उडिसामा ‘स्क्रब टाइफस’को सङ्क्रमण बढ्दै गएको र आठ जनाको मृत्यु भएपछि स्वास्थ्य विभागले परीक्षणलाई तीव्रता दिएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

बुश टाइफस पनि भनिने स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने रोग हो । यो जनावरहमा हुने किर्ना वा जुम्राको टोकाइबाट सर्छ ।

स्क्रब टाइफसको सबैभन्दा सामान्य लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने र कहिलेकाहीं चिलाउने जस्ता लक्षण देखिन्छन् ।

उडिसाका स्वास्थ्य सेवा निर्देशक निरञ्जन मिश्रले भने, “केही जिल्लामा उक्त भाइरस सङ्क्रमितको मृत्यु भएको रिपोर्ट आएको छ र हामी अहिले आठ जनाको मृत्युबारे अनुसन्धान गरिरहेका छौं ।”

मिश्रका अनुसार यस वर्ष राज्यभरि स्क्रब टाइफसको घटनामा वृद्धि भएपछि परीक्षणमा वृद्धि गरिएको छ ।

निर्देशकका अनुसार गत वर्ष राज्यमा करिब एक हजार ५०० सङ्क्रमित भेटिएका थिए ।

“प्रारम्भिक चरणमा, यो रोगले सामान्य रूपमा प्रयोग हुने एन्टिबायोटिकहरूको प्रयोगबाट उपचार गर्न सकिन्छ । त्यसैले यदि यसलाई प्रारम्भिक चरणमा उपचार गरियो भने, यो जटिल हुँदैन ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा ६ वटा नयाँ उपग्रह प्रक्षेपण

उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शुक्रबार ६ वटा नयाँ उपग्रह

अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ?

पेरिस । अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधिहरू हालैका

म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३, ८९ जना बेपत्ता

याङ्गुन । म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३ पुग्नुका साथै ८९ जना

युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध

युक्रेन। युक्रेनले शुक्रबार रुसी मूलका पावेल दुरोभले स्थापना गरेको सामाजिक सञ्जाल राष्ट्रिय सुरक्षाका