थाइल्याण्डको पटका गोदाममा विस्फोट हुँदा नौ जनाको मृत्यु



थाइल्याण्डको एक पटाका गोदाममा शनिबार भएको विस्फोटमा परी नौ जनाको मृत्यु हुनुका साथै एकसय भन्दा बढी घाइते भएका छन् ।

दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक शहरमा भवन निर्माणको क्रममा वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ ।

नारथिवाटका गभर्नर सेनन पोङ्गाकसोर्नले भने, “सुन्गाई कोलोकमा पटाका भण्डारण गर्ने गोदाममा आज अपराह्न विस्फोट भएको छ, बिस्फोटबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म नौ पुगेको छ भने ११५ जना घाइते भएका छन् । अहिले आगो नियन्त्रणमा आइसकेको छ । प्रारम्भिक अनुसन्धानले स्टिल वेल्डिङ प्रक्रियाको क्रममा प्राविधिक त्रुटि भएको देखाएको छ, किनकि भवन निर्माणाधीन छ ।”

स्थानीय सञ्चारमाध्यममा सार्वजनिक गरिएको फुटेजमा ठूलो मात्रामा धुवाँ हावामा उडिरहेको र विस्फोटका कारण थुप्रै पसल, घर र सवारी साधनमा नराम्रोसँग क्षति पुगेको देखिएको छ ।

गोदामबाट एकसय मिटर टाढा बस्ने प्रत्यक्षदर्शी सेक्सन टेसेनले भने, “म घरभित्र आफ्नो फोनसँग खेलिरहेको थिएँ, अचानक मैले ठूलो आवाज सुनेँ, अनि मेरो पूरै घर हल्लियो ।”

“त्यसपछि मैले मेरो छानामा भ्वाङ परेको देखेँ । मैले बाहिर हेरेँ र मैले घर भत्किएको र जताततै मानिसहरू भुइँमा लडिरहेको देखेँ । त्यहाँ अस्तव्यस्त अवस्था थियो ।

थाइल्यान्डको निर्माण क्षेत्रमा कमजोर सुरक्षा व्यवस्था अपनाएको पाइन्छ, जसका कारण घातक दुर्घटनाहरू सामान्य हुने गर्छन् ।

गत महिना बैङ्ककमा निर्माणाधीन सडक पुल भत्किँदा दुई जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेनमार्कमा नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने

ओस्लो । डेनमार्कमा सन् २०२५ को मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ६१

रूससँगको युद्ध रोक्न इस्तानबुल वार्तामा ‘आवश्यक कदम’ चाल्न युक्रेन तयार

इस्तानबुल । युक्रेनले सोमबार इस्तानबुलमा रुससँगको वार्तामा ‘शान्तिका लागि आवश्यक कदम’ चाल्न तयार

भारी वर्षापछि भारतमा पहिरोमा परी तीन सैनिकको मृत्यु

नयाँदिल्ली । उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु

आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी बासिन्दा विस्थापित

ओटावा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार