आणविक हतियारको संख्यामा बृद्धि



एक नयाँ प्रतिवेदनले सन् २०२२ मा रूस र चीनद्वारा सञ्चालित आणविक हतियारको सङ्ख््यामा वृद्धि भएको जनाएको छ ।

नर्वेली जनताका लागि सहयोग (एनपीए) नामक गैरसरकारी संस्थाद्वारा प्रकाशित आणविक हतियार प्रतिबन्ध अनुगमनको रिपोर्ट अनुसार सन् २०२३ मा नौ वटा आधिकारिक र अनौपचारिक आणविक शक्ति सम्पन्न मुलुकसँग नौ हजार ५७६ वटा तयारी हतियार रहेका छन् ।

ती हतियारमा एक हजार ३५० भन्दा बढी हिरोशिमा आक्रमण भएका बम बराबरका ‘सामूहिक विनाशकारी उर्जा शक्ति’ रहेको प्रतिवेदनमा उल्लेख छ ।

रूसले युक्रेनमाथिको आक्रमण र पूर्वी युरोपेली मुलुकलाई पश्चिमी सैन्य सहायताको सम्बन्धमा बारम्बार आणविक खतरा उठाएको बेला यो तथ्याङ्क प्रकाशित गरिएको हो ।

शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारूसमा ‘रणनीतिक आणविक हतियार तैनाथ गर्न’ मिन्स्कसँग सहमत भएको घोषणा गरेका थिए ।

गत वर्ष प्रयोगका लागि तयार पारिएको विश्वव्यापी आणविक भण्डारमा थप १३६ वटा ‘वारहेड’को श्रेय पाँच हजार ८८९ वारहेड भएको विश्वको सबैभन्दा ठूलो शस्त्रागार रूस तथा चीन, भारत, उत्तर कोरिया र पाकिस्तानलाई दिइएको थियो ।

“यो वृद्धि चिन्ताको विषय हो र सन् २०१७ देखि सुरु भएको यो प्रवृत्तिलाई निरन्तरता दिइरहेको छ,” आणविक हतियार प्रतिबन्ध निरक्षिणकासम्पादक ग्रेटे लाउग्लो ओस्टर्नले एक विज्ञप्तिमा भनिएको छ ।

यसैबीच विश्वमा सेवाबाट हटाइएकासहित आणविक हतियारको कुल भण्डार घट्दै गइरहेको छ । गत वर्ष, रूस र संयुक्त राज्य अमेरिकामा पुराना ‘वारहेड’हरूको नस्ट गरिएका कारण आणविक हतियारहरूको सङ्ख्या १२ हजार ७०५ बाट घटेर १२ हजार ५१२ मा झरेको छ ।

नयाँ वारहेडहरू थप्ने क्रम नरोकिएसम्म विश्वमा आणविक हतियारहरूको कुल सङ्ख्या पनि चाँडै शीत युद्धपछि पहिलो पटक फेरि बढ्न तर ओस्टर्नले बताए ।

आधिकारिकरूपमा आठ आणविक शक्ति राष्ट्रहरू संयुक्त राज्य अमेरिका, रूस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान र उत्तर कोरिया हुन् भने इजरायलसँग अनौपचारिक रूपमा आणविक हतियार रहेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायलतर्फ प्रस्थान

  मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही सदस्य इजरायलतर्फ जान लागेका छन् ।  यो प्रयास दक्षिणी

सुडानको डार्फरमा जारी तनावप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

  सुडानको उत्तरी डार्फर क्षेत्रमा जारी द्वन्द्वका बारेमा बढ्दो चिन्ताजनक रिपोर्टप्रति संयुक्त राष्ट्रसङ्घका

चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान