सुडानको डार्फरमा जारी तनावप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त



 

सुडानको उत्तरी डार्फर क्षेत्रमा जारी द्वन्द्वका बारेमा बढ्दो चिन्ताजनक रिपोर्टप्रति संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले शुक्रबार ‘गम्भीर चिन्ता’ व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ताको कार्यालयले एल फाशर शहरमा ‘समन्वित आक्रमण’ हुन सक्ने चेतावनी दिएको छ ।

“शहरमा आक्रमण भएमा सर्वसाधारणका लागि विनाशकारी परिणाम हुनेछ । तनावको यो वृद्धि पहिले नै अनिकालको सङ्घारमा रहेको अवस्थामा छ,” गुटेर्रेसले त्यहाँ युद्ध नगर्न यसअघि गरेको आह्वानलाई दोहोर्याउँदै कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीचको लडाईं गत अप्रिल १४ देखि एल फाशरतर्फ अघि बढेपछि भएको झडपमा महिला र बालबालिकासहित कम्तीमा ४३ जनाको मृत्यु भइसकेको छ ।

यसअघि शुक्रबार संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर तुर्कले पनि शहरनजिकै भएको लडाइँप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए ।

तुर्कको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उत्तरी डार्फरको एल फाशेर शहर र त्यस वरपर बढ्दै गएको हिंसाप्रति उहाँ गम्भीररूपमा चिन्तित हुनुहुन्छ यहाँ विगत दुई हप्तामा दर्जनौं व्यक्तिको मृत्यु भएको छ ।”

जनरल अब्देल फतह अल बुरहानको एसएएफ सेना र जनरल मोहम्मद हमदान डग्लोको नेतृत्वमा रहेको एफएसआर अर्धसैनिक बलबीच गत वर्ष भएको लडाइँपछि देशमा लाखौं मानिस विस्थापित भएका छन् ।

केही समय अघिसम्म आरएसएफको नियन्त्रणमा नरहेका डार्फर राज्यको अन्तिम राजधानी एल फाशेर युद्धबाट तुलनात्मक रूपमा अप्रभावित थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्बियामा चिनियाँ राष्ट्रपति सीलाई भव्य स्वागत

  सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ

  रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ ।

शाही मानहानिको आरोपमा थाई लोकतन्त्र समर्थकलाई तीनवर्षको कारागार सजाय

थाइल्यान्डको एक अदालतले बुधबार शाही मानहानिको आरोपमा एक प्रख्यात लोकतन्त्र समर्थक कार्यकर्तालाई तीन

म्यान्मामा ३० लाख नागरिक विस्थापित

  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।