श्रीलंकामा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई बिनाब्याज ऋण



श्रीलङ्काले विद्यार्थीका लागि ब्याजमुक्त कर्जाका लागि एक करोड ५७ लाख अमेरिकी डलर छुट्याएको छ ।श्रीलङ्काको अर्थ मन्त्रालयले आर्थिक अवस्था कमजोर भएका पाँच हजार विद्यार्थीका लागि प्रतिव्यक्ति तीन हजार दुईसय अमेरिकी डलर ब्याजमुक्त ऋण उपलब्ध गराउने घोषणा गरेको हो ।

वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले बैंकबाट २५ प्रतिशतसम्म ब्याजदरमा ऋण प्रवाह गरिरहेकोले यो योजना ल्याइएको बताए । विद्यार्थीले कर्जाका लागि बैंक अफ सिलोन, पिपुल्स बैंक र नेसनल सेभिङ्स बैंकमा आवेदन दिन सक्नेछन् ।

उक्त कर्जा विद्यार्थीले रोजगारी पाएपछि भने विभिन्न किस्तामा तिर्ने व्यवस्था मिलाइएको उनले बताए ।

श्रीलङ्कामा प्रत्येक वर्ष लगभग दुई लाख ७० हजार विद्यार्थीहरू विश्वविद्यालय प्रवेश परीक्षाको लागि परीक्षा दिन्छन् भने करिब ४० हजार विद्यार्थीहरूले राज्यद्वारा संचालित विश्वविद्यालयहरूमा भर्ना हुन पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चालक दलका सदस्य एकाएक विरामी भएपछि एयर इन्डियाका ७० उडान रद्द

बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दाबढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वरिष्ठ चालक

भारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु

हिंसाग्रस्त हाइटीको उत्तरपश्चिममा भर्खरै आएको भारी वर्षाका कारण बाढी र पहिरोमा परी १३

रफाहमाथिको प्रत्याक्रमण रणनीतिक गल्तीः महासचिव गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले रफाहमा इजराइली आक्रमणको निन्दा गर्दै उक्त आक्रमण “रणनीतिक

नासाले अन्तरिक्ष स्टेशन जान नयाँ विमान प्रयोग गर्ने

बीबीसी । अमेरिकी अन्तरिक्ष निकाय नासाका दुई जना अन्तरिक्ष यात्री नयाँ अन्तरिक्ष यानमा