रुसका लागि जासुसी गर्ने एक गिरोह पोल्याण्डमा पक्राउ



रुसका लागि जासुसी गरेको आशङ्कामा विदेशी नागरिकको एक समूहलाई पक्राउ गरिएको पोल्यान्डकासरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

रेडियो स्टेसन आरएमएफ एफएमका अनुसार त्यहाँको पोलिस सुरक्षा बलले रुसको लागि काम गर्ने गुप्तचरहरूको सञ्जाल बन्द गराएको छ ।

युक्रेनलाई सहायता सामग्री पुर्याउन प्रयोग गरिने सवारी साधन र अन्य पूर्वाधारहरूमा भिडियो खिच्न गोप्य क्यामेरा जडान गरेको आशङ्कामा ६ जना सन्दिग्धलाई पक्राउ गरिएको हो । उक्त समूहले तोडफोडको समेत तयारी गरेको एफएमले जनाएको छ ।

रुस र पश्चिमा देशहरूबीच दशकौँदेखि जारी जासुसी द्वन्द्व युक्रेन युद्ध सुरु भएपछि झनै चर्किएको छ । पोल्यान्ड युक्रेनको सबैभन्दा सशक्त सहयोगीमध्ये एक हो।

यस देशको सुरक्षा बलले गत फेब्रुअरीमा आक्रमण सुरु भएयता रुसको लागि जासुसी गरेको आरोपमा उल्लेख्य सङ्ख्यामा मानिसलाई गिरफ्तार गरेको छ ।

रेडियो स्टेसनका अनुसार उक्त समूहले युक्रेनको सिमाना जोडिएको पोल्यान्डको पोड्कारपास्की प्रान्तमा अवस्थित रेलमार्गका प्रमुख बिन्दुहरू र महत्वपूर्ण ढुवानी मार्गहरूको वरपर दर्जनौँ क्यामेराहरू जडान गरेको थियो ।

तीमध्ये केही युक्रेनलाई सैन्य तथा मानवीय सहायता पुर्याउने अन्तर्राष्ट्रिय केन्द्र बनाइएको एउटा सानो क्षेत्रीय विमानस्थल नजिकै फेला परेका थिए । जेसूफ–यसोन्का विमानस्थलबाट अमेरिका र युरोपभरका सैन्य तथा कार्गो विमानहरूले नियमित उडान गर्छन्।

त्यहाँ वरपर अमेरिकी सेनाहरू आफ्नो विशेष सैन्य सवारी साधनसहित उपस्थित देखिन्छन् जो करिब एकसय किलोमिटर टाढा रहेको युक्रेनी सीमासम्म सहायता सामग्री पुर्याउन खट्छन् ।

यी क्षेत्रहरूलाई निकै संवेदनशील मानिन्छ र त्यहाँ वाशिङ्गटनले हवाई क्षेत्रको सुरक्षाका निम्ति यूएस प्याट्रियट नामक वायु रक्षा प्रणालीहरू तैनाथ गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो पछिल्लो किएभ भ्रमणको क्रममा यसै विमानस्थल हुँदै यात्रा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा स्थायी युद्धविराम हुनुपर्नेमा हमासका अधिकारीको जोड

  प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त

बङ्गलादेशमा तापक्रम बृद्धिमा नयाँ रेकर्ड

  बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो महिना रहेको बताएको छ

सन्तान विदेश जाने क्रम बढेपछि जापानमा औषतमा सात घरमध्ये एक घर खाली

जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो

नासा र बोइङले स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेशनमा पठाउने

अमेरिकी अन्तरिक्ष निकाय (नासा) र बोइङले अगामी सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा