म्यान्माको एक गुम्बामा भएको झडपमा २९ जनाको मृत्यु



म्यान्माको दक्षिणी शान राज्यको एक गुम्बामा तीन भिक्षुसहित कम्तीमा २९ जनाको मृत्यु भएको छ । विद्रोही समूह र सैनिकले एकअर्कामाथि गत शनिबार भएको नरसंहारको आरोप लगाएका छन् ।

अनलाइनमा पोस्ट गरिएको तस्बिरमा गाउँको गुम्बाको प्रवेशद्वार नजिकै रगतले लतपतिएका थुप्रै शवहरू देखिएका छन्, जसमा तीन जना बौद्ध भिक्षु पनि छन् । गुम्बाको अगाडिको भाग पनि गोलीका प्वालहरूले भरिएको देखिन्छ । ढिलोगरी सञ्चारमाध्यममा आएको यो सूचनाले सम्पूर्ण विश्व समुदायलाई स्तब्ध बनाएको छ ।

यसै महिनाको सुरुमा सागाइङ क्षेत्रको मिन्मु टाउनशिपमा जुन्टा सेनाले १७ जना गाउँलेको हत्या गरेको केही दिनपछि नानेइन्ट गाउँमा पछिल्लो घटना भएको त्यहाँका विद्रोही स्रोतले जनाएको छ ।

केएनडीएफका प्रवक्ताका अनुसार अहिलेसम्म २२ जनाको शव निकालिएको छ भने अन्य सात जना अझै घटनास्थलमै रहेको अनुमान गरिएको छ । म्यान्मामा सन् २०२१ मा सैन्य नेता मिन आङ ह्लाइङले सत्ता कब्जा गरेपछि राजनीतिक हिंसामा फसेको छ ।

जसले पाँच करोड ५० लाख जनसङ्ख्या भएको दक्षिणपूर्वी एशियाली मुलुकको प्रजातान्त्रिक शासन व्यवस्थाप्रतिको आन्दोलन थप पछि धकेलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको अध्ययनले पृथ्वीका नदीहरूको नयाँ विश्वव्यापी लेखाजोखा प्रदान गर्ने

  नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ

विद्यमान चुनौतीहरू पार गर्न पाकिस्तानले आर्थिक सुधार गर्ने प्रधानमन्त्री सरिफको भनाई

  पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी चुनौतीलाई सम्बोधन गर्न

चाङ’ई–६ प्रक्षेपण गर्ने चीनको तयारी

  चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायलतर्फ प्रस्थान

  मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही सदस्य इजरायलतर्फ जान लागेका छन् ।  यो प्रयास दक्षिणी