दक्षिण कोरियामा आयातित कारको बिक्रीमा कमी



दक्षिण कोरियाको आयातित कारको बिक्रीमा कमी आएको छ । गत महिना कोरियाली नयाँ बर्षको बिदाका कारण व्यापारमा कमी आउँदा बिक्री एकल अङ्कले घटेको कार उद्योगको तथ्याङ्कले देखाएको छ ।

कोरिया अटोमोबाइल इम्पोर्टर्स एन्ड डिस्ट्रिब्युटर्स एशोसिएशन (काइडा) का अनुसार जनवरीमा यहाँ आयातित सवारी साधनको सङ्ख्या १६ हजार दुई सय २२ रहेको छ ।

यो अघिल्लो वर्षको तुलनामा ६.६ प्रतिशतले कम हो । जर्मन कार उत्पादक कम्पनी बीएमडब्ल्यूले गत महिना छ हजार ८९ कार बिक्री गरेर विदेशी कम्पनीहरूमध्ये कार बिक्रीको आधारमा यहाँ पहिलो स्थानमा रहेको थियो ।

जर्मनीको अर्को कार निर्माता मर्सिडीज बेन्जले दुई हजार नौसय युनिट, अउडीले दुई हजार चार सय ५४ युनिट, भोल्भोले एक हजार सात युनिट र पोर्शले सात सय २६ युनिट कार स्थानीय बजारमा बिक्री गरेका छन् ।

जनवरीमा यहाँ बिक्री हुने युरोपेली मोडेलहरूको सङ्ख्या १४ हजार तीन सय २८ थियो, जुन कूल बिक्रीको ८८.३ प्रतिशत हो । अमेरिकी र जापानी ब्रान्डको बजार हिस्सा ६.१ प्रतिशत र ५.६ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र हमासबीच छिट्टै युद्धविराम हुनेमा इजिप्ट आशावादी

इजिप्टका विदेशमन्त्रीले गाजामा युद्धविरामका लागि नयाँ प्रस्ताव आउनेमा आफू ’आशावादी’ रहेको बताएका छन्

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द

बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि

नैरोबीको उत्तरमा रहेको एउटा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

शाही अपमानका कारण थाई कार्यकर्तालाई थप दुई वर्षको कारागार सजाय

  थाइल्यान्डको एक अदालतले सोमबार मुलुकका प्रमुख प्रजातन्त्र कार्यकर्तामध्येका एकलाई शाही अपमानको आरोपमा