म्यानमारको वैदेशिक व्यापार १८.४७ प्रतिशतले बृद्धि



गतवर्ष अप्रिलदेखि शुरु भएको आर्थिक वर्ष २०२२/२३ को करिब १० महिनामा म्यानमारको कुल वस्तु आयात र निर्यात गत वर्षको तुलनामा १८.४७ प्रतिशतले बढेर २७ अर्ब १९ करोड अमेरिकी डलर पुगेको छ ।

शनिबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार गत वर्षको अप्रिल १ देखि यस वर्षको जनवरी २० सम्ममा अघिल्लो वर्षको तुलनामा निर्यात १४.२५ प्रतिशतले बढेर १३ अर्ब ३६ करोड डलर पुगेको छ भने आयात २२.८५ प्रतिशतले बढेर १३ अर्ब ८२ करोड डलर पुगेको छ ।

यस अवधिमा देशको कुल व्यापारको ७६.०४ प्रतिशत समुद्री मार्गबाट र २३.९६ प्रतिशत स्थल मार्गबाट भएको छ ।

दक्षिणपूर्वी एसियाली देशले प्रायः आफ्नो विदेशी व्यापार समुद्री मार्गबाट गर्ने गर्छ । यसले चीन, थाइल्याण्ड, बङ्गलादेश र भारतसँग सीमा व्यापार गर्दछ ।

देशले कृषिजन्य वस्तु, पशुजन्य उत्पादन, मत्स्यपालन, खनिज तथा वनजन्य उत्पादन, उत्पादनजन्य वस्तुहरू र अन्य निर्यात गर्छ भने पुँजी आयात गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा स्थायी युद्धविराम हुनुपर्नेमा हमासका अधिकारीको जोड

  प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त

बङ्गलादेशमा तापक्रम बृद्धिमा नयाँ रेकर्ड

  बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो महिना रहेको बताएको छ

सन्तान विदेश जाने क्रम बढेपछि जापानमा औषतमा सात घरमध्ये एक घर खाली

जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो

नासा र बोइङले स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेशनमा पठाउने

अमेरिकी अन्तरिक्ष निकाय (नासा) र बोइङले अगामी सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा