इरानमा सरकारविरोधी प्रदर्शनकारीलाई मृत्युदण्ड



इरानले सरकारविरुद्ध जारी प्रदर्शनमा सहभागी एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । विरोध प्रदर्शन गर्नेलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो।

मोहसिन शेकारीलाई बिहीवार बिहान फाँसी दिइएको थियो । उनीमाथि एउटा रिभोल्यूशनरी अदालतले मोहरेबेह अर्थात् ईश्वरविरुद्ध युद्ध शुरू गरेको आरोप लगाइएको थियो ।

सेप्टेम्बरमा तेहरानको मुख्य सडक अवरुद्ध गरेको र अर्धसैनिक बलका एक सदस्यलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोग थियो । एक अभियानकर्मीका अनुसार उनलाई कुनै प्रकियाबिना दोषी ठहर गरिएको थियो ।

बसिज प्रतिकार बललाई प्रायः विरोध प्रदर्शनहरूलाई शान्त बनाउन खटाइन्छ । नोभेम्बर १ मा अदालतले शेकरीलाई हत्या गर्ने, आतङ्क मच्चाउने र समाजको सुरक्षामा खलल पुर्याउने नियतले झगडा गरेको एवं हतियार बोकेको आरोपमा दोषी ठहर गरेको हो ।

अदालतको फैसलाविरुद्ध दोषी भनिएका शेकारीले अपील गरेका थिए। तर उनीविरुद्ध पुरानै फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र

ट्रम्पले पोर्नस्टारसँगको दबाउन चाहेको पूर्ववकिलको खुलासा

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका एक पूर्ववकिलले राष्ट्रपतीय निर्वाचनको समयमा पोर्नस्टारसँगको रहेको

भारतमा होडिङबोर्ड ढल्दा १४ जनाको मृत्यु

बीबीसी । भारतको मुम्बईमा होडिङबोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने