भारत, भियतनाम, टर्की र ब्राजिलका श्रमिक फिनल्याण्डको प्राथमिकतामा



फिनल्याण्डले मुलुकको श्रम क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्तिको आवश्यकता परिपूर्तिका निम्ति भारत, भियतनाम, टर्की र ब्राजिलका आप्रवासीलाई प्राथमिकता दिने भएको छ ।

आर्थिक मामिला तथा श्रम मन्त्रालयले विशेष गरी ती देशलाई लक्ष्यित श्रमिक आपूर्ति गर्ने राष्ट्रका रुपमा परिभाषित गरेको छ ।

फिनल्याण्डले भारत, भियतनाम, टर्की र ब्राजिलमा प्रतिभावान सल्लाहकार पठाएर देशका लागि विभिन्न क्षेत्रमा आवश्यक पर्ने दक्षजनशक्ति प्राप्तिका निम्ति साझेदारी गर्ने श्रम मन्त्रालयका आप्रवासन निर्देशक सोन्जा हमलानेनले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताइन् ।

आगामी दश वर्षमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने १० प्रतिशत श्रमशक्ति अन्तर्राष्ट्रिय भर्तीबाट पूर्ति गर्नुपर्ने बताउँदै उनले ती देशका आप्रवासी कामदारलाई प्राथमिकतामा राखिएको जानकारी दिइन् ।

फिनल्याण्डको श्रम ऐनअनुसार एकजना विदेशी कामदारले पति वा पत्नीसहित दुई नाबालिग ल्याउन सक्छन् तर पति वा पत्नीको मासिक आम्दानी कम्तीमा दुई हजार छ सय युरो हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

  दक्षिणी पेरुको पुनो क्षेत्रमा एउटा यात्रु बस दुर्घटना हुँदा कम्तीमा १० जनाको

‘स्पेसएक्स’द्वारा २३ थप ‘स्टारलिंक’ इन्टरनेट उपग्रह अन्तरिक्षमा प्रक्षेपण

अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले सोमबार थप २३ वटा ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण गरेको

हमासद्वारा बन्धक रिहाइका लागि कतार र इजिप्टको मध्यस्थता प्रस्ताव स्वीकार

  हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । यो गाजामा

चट्याङ लागेर म्यान्मामा ७३ जनाको मृत्यु

म्यान्मामा चट्याङबाट ७३ जनाको मृत्यु भएको छ । म्यान्माको विपद् व्यवस्थापन विभागलाई उदृत