पाकिस्तानमा बाढीबाट करिब १७ सयको मृत्यु



पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७०० जनाको ज्यान गएको छ । मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस्तानमा ठूलो जनधनको क्षति भएको बताइएको छ । अधिकारीहरुले यहाँ दशकौँपछि पहिलो पटक आएको यो विनाशकारी बाढीले निकै क्षति पुर्याएको थियो ।

यहाँ गएको मनसुनी वर्षाको समयमा एक हजार छ सय ९५ जनाको ज्यान गएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार यहाँ बाढीबाट अरु १२ हजार आठ सय ६५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मृत्यु हुनेमा बालबालिका ६ सय ३० जना रहेका छन् । त्यस्तै अरु तीन सय ४० जना महिलाको पनि सो बाढीमा परेर ज्यान गएको छ ।

पाकिस्तानको दक्षिणी क्षेत्रको सिन्ध प्रान्तमा बढी मात्रामा बाढीले क्षति पुर्याएको छ । यस प्रान्तमा मात्र सात सय ५९ जनाको ज्यान गएको छ । त्यसैगरी यहाँका अधिकारीहरुले सिन्ध पछि बलुचिस्तान र खैबर प्रान्तमा पनि बाढीले क्षति पुगेको जनाएका छन् । यी दुई प्रान्तमा मात्र छ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा स्थायी युद्धविराम हुनुपर्नेमा हमासका अधिकारीको जोड

  प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त

बङ्गलादेशमा तापक्रम बृद्धिमा नयाँ रेकर्ड

  बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो महिना रहेको बताएको छ

सन्तान विदेश जाने क्रम बढेपछि जापानमा औषतमा सात घरमध्ये एक घर खाली

जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो

नासा र बोइङले स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेशनमा पठाउने

अमेरिकी अन्तरिक्ष निकाय (नासा) र बोइङले अगामी सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा